सुफयान बिन अब्दुल्लाह सकफी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले भने: हे अल्लाहको रसूल! मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को एक साथी सुफयान बिन अब्दुल्लाहले उहाँलाई इस्लामको अर्थलाई व्यापक रूपमा समेटिएको कुरा सिकाउन अनुरोध गरे, ताकि उसले यसल...
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको कर...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमहरूको एकअर्काप्रतिको माया, करुणा, भलाइ, समर्थन र दु:खमा सिङ्गो शरीर जस्तै हो । यदि शरीरको एक भाग बिरामी हुन्छ...
उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले राम्रोसँग वुजु गर्छ, उसका पापहरू उसको नङ...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले वुजुको सुन्नत र शिष्टाचारको पालना गर्दै वजू गर्छ, उसका पापहरू मेटिन्छन् । यहाँसम्म उसको हात र खुट्...
हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) भन्नु हुन्छ: " एक जनाले अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)सित सोध्यो र भन्यो : हे अल्लाहका रसूल ! हामी समुद्रमा...
एक जनाले नबी(सल्लल्लाहु अलैहि वसल्लम)सित सोध्यो र भन्यो : हामी समुद्र माथि जहाजमा बसेर शिकार अथवा व्यापार र यस्तै कामहरूका लागि यात्रा गर्छौं र आफ्नो...
हजरत अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा)द्वारा वर्णन छ:अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)सित त्यो पानीका बारेमा सोधियो जसमा चौपाया र हिंस्रक...
नबी(सल्लल्लाहु अलैहि वसल्लम)सित त्यो पानी जसमा जनावर र हिंस्रक जन्तुहरू पानी पिउनका लागि आउने जाने गर्छन् त्यो पानीले पवित्रता प्राप्त गर्न मिल्छ कि म...

सुफयान बिन अब्दुल्लाह सकफी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले भने: हे अल्लाहको रसूल! मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु, त्यसपछि त्यसमा अडिग रहनु।"

नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको करुणाको उदाहरण एउटा शरीर जस्तै हो, जसको कुनै अंग दुख्दा पूरै शरीरले पीडा महसुस गर्छ, निन्द्रासमेत उड्छ र पूरै शरीरलाई ज्वरो आउँछ ।"

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले राम्रोसँग वुजु गर्छ, उसका पापहरू उसको नङ मुनि समेत शरीरबाट पखालिनेछन् ।"

हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) भन्नु हुन्छ: " एक जनाले अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)सित सोध्यो र भन्यो : हे अल्लाहका रसूल ! हामी समुद्रमा यात्रा गर्छौं र आफ्नो साथमा थोरै पानी बोकेर हिँडेका हुन्छौँ । यदि हामीले त्यो पानीले वुजू गर्यौं भने हामीलाई पिउने पानी रहँदैन । अत: के हामीले समुद्रको पानीले वुजू गर्न मिल्छ त ? अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो : त्यसको (समुद्रको) पानी पवित्र हुन्छ त्यसको मृत् ( माछा ) हलाल हुन्छन् । "

हजरत अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा)द्वारा वर्णन छ:अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)सित त्यो पानीका बारेमा सोधियो जसमा चौपाया र हिंस्रक जनावरहरू आउने जाने गर्छन् :सो उहाँ(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो; जब पानी दुई कुल्ला ( दुई ठुला घैला) जति छ भने फोहोरले प्रभावित हुन दिँदैन ।

अबू अय्यूब अल अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब तपाईं शौचालयमा जानुहुन्छ, तब किब्लातर्फ मुख वा पिठ्यूँ फर्काएर दिसापिसाब नगर्नुहोस्, बरु पूर्व वा पश्चिमतिर फर्केर गर्नुहोस् ।'' अबू अयुबले बयान गरे, जब हामी सिरिया गयौं, त्यहाँ काबाको दिशामा शौचालय बनाइएको देख्यौं । त्यसैले हामी अर्को दिशामा फर्केर दिसापिसाब गर्थ्यौं र अल्लाहसँग माफी माग्ने गर्दथ्यौं ।

अबू-कतादह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्य अंगलाई समात्नु हुँदैन, दिसा गरिसकेपछि दाहिने हातले शौच (सफाई) गर्नु हुँदैन र (पानी खाँदा) भाँडोमा सास फेर्नु हुँदैन ।"

हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु)द्वारा वर्णन छ कि नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो: जब तिमीहरू मध्ये कोही निद्राबाट बिउँझिन्छ, उसले तीन पटक नाक सफा गरोस्, किनभने शैतान रातभर उसको नाकमा बस्छ।

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनी भन्छन्: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक ‘साअ’ देखि पाँच ‘मुद’ सम्म पानीले नुहाउनुहुन्थ्यो र एक ‘मुद’ पानीले वुजू गर्नुहुन्थ्यो ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरू मध्ये कसैले आफ्नो वुजू तोड्छ भने वुजू नगरुन्जेल अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न ।"

जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले भने : एक व्यक्तिले वुजू गर्यो र खुट्टामा नङको आकार बराबर सुक्खा ठाउँ छोड्यो । जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आँखा पर्यो उहाँले भन्नुभयो: "जाऊ, पहिला राम्रोसँग वुजू गरेर आउ ।" त्यसैले ऊ फर्कियो र त्यसपछि नमाज पढ्यो ।

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग मक्काबाट मदिना फर्किरहेका थियौं । बाटोमा पानी भेटिएपछि केही मानिसहरूले अस्रको समयमा हतार गरे र छिटो छिटो वुजू गरे । हामी त्यहाँ आइपुग्दा उनीहरूको कुर्कुच्चोमा पानी नपुगेकोले चम्किरहेको थियो। यो देखेर ररसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "कुर्कुच्चालाई नरकको आगोबाट जोगाऊ, वुजूलाई पूरा गर।"