- वुजुको सुन्नत र शिष्टाचार सिक्न र अभ्यास गर्न प्रोत्साहन ।
- वुजुको पुण्य र यो ससाना पापहरूको प्रायश्चित हो, तर ठूला पापहरूको लागि पश्चात्ताप गर्नुपर्छ ।
- पापहरू पखाल्ने शर्त भनेको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तोकेको विधि अनुसार वुजु पूर्ण रूपमा गर्नुपर्छ र यसमा कुनै कमी हुनु हुँदैन ।
- यस हदीसमा पापहरूको प्रायश्चित ठूला-ठूला पापहरूबाट जोगिन र तिनीहरूबाट पश्चात्तापसँग जोडिएको छ । अल्लाह तआलाले भन्नुभएको छ: "यदि तिमीहरु ठूला पापहरुबाट टाढा रहन्छौ जसबाट तिमीहरुलाई रोकिएको छ, हामी तिमीहरुका (साना) पापहरु माफ गर्नेछौं ।" [सूरह अल-निसा: ३१]