तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्य अंगलाई समात्नु हुँदैन, दिसा गरिसकेपछि दाहिने हातले शौच (सफाई) गर्नु हुँदैन र (पानी खाँदा) भाँडोमा सास फेर्नु हुँदैन ।...
अबू-कतादह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्य अंगलाई समात्नु हुँदैन, दिसा गरिसकेपछि दाहिने हातले शौच (सफाई) गर्नु हुँदैन र (पानी खाँदा) भाँडोमा सास फेर्नु हुँदैन ।"
मुत्तफकुन अलैहि
Explanation
यहाँ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले केही शिष्टाचारहरू व्याख्या गर्नुभएको छ; पिसाब गर्दा दाहिने हातले गोप्य भाग समात्न र दाहिने हातले मलद्वार सफा गर्न निषेध छ, किनभने दाहिने हात राम्रो कामको लागि दिइएको हो त । त्यसैगरी, जुन भाँडामा कुनै चीज पिइँदैछ त्यसमा सास फेर्न निषेध गरिएको छ ।
Hadeeth benefits
शिष्टाचार र सरसफाईमा इस्लाम श्रेष्ठ छ ।
फोहोर चीजहरूबाट जोगिनुहोस् । आवश्यक परेमा देब्रे हातको प्रयोग गर्नुहोस् ।
दाहिने हात देब्रे हात भन्दा सम्मानित र उत्कृष्टत छ ।
इस्लामिक शरियत (विधिविधान) पूर्ण र यसका शिक्षाहरू समावेशी छन् ।
Share
Use the QR code to easily share the message of Islam with others