जब तपाईं शौचालयमा जानुहुन्छ, तब किब्लातर्फ मुख वा पिठ्यूँ फर्काएर दिसापिसाब नगर्नुहोस्, बरु पूर्व वा पश्चिमतिर फर्केर गर्नुहोस् ।''...
अबू अय्यूब अल अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब तपाईं शौचालयमा जानुहुन्छ, तब किब्लातर्फ मुख वा पिठ्यूँ फर्काएर दिसापिसाब नगर्नुहोस्, बरु पूर्व वा पश्चिमतिर फर्केर गर्नुहोस् ।'' अबू अयुबले बयान गरे, जब हामी सिरिया गयौं, त्यहाँ काबाको दिशामा शौचालय बनाइएको देख्यौं । त्यसैले हामी अर्को दिशामा फर्केर दिसापिसाब गर्थ्यौं र अल्लाहसँग माफी माग्ने गर्दथ्यौं ।
मुत्तफकुन अलैहि
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दिसापिसाब गर्न चाहने व्यक्तिलाई किब्ला र काबातिर आफ्नो अनुहार वा पिठ्यूँ फर्काउन निषेध गर्नुभएको छ । यदि उसको किब्ला मदीनाका मानिसहरूको किब्ला जस्तै हो भने उसले पूर्व वा पश्चिमतिर फर्केर बस्नु पर्छ । त्यसपछि अबू अय्यूब अल अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरे, जब उनीहरू सिरिया पुगे, त्यहाँ काबाको दिशामा शौचालय बनाइएको देखे । त्यसैले तिनीहरू आफ्नो शरीरलाई किब्लाबाट फर्काएर बस्थे र अझै पनि अल्लाहसँग माफी माग्ने गर्थे ।
Hadeeth benefits
यसको पछाडि पवित्र काबाको सम्मान निहित छ ।
शौचालयबाट निस्केपछि 'अस्तग्फिरुल्लाह' भनेर माफी माग्नु पर्छ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक उत्कृष्ट र अतुलनीय शिक्षक हुनुहुन्छ; किनभने उहाँले निषेधित कुराहरू उल्लेख गर्दा जायज कुराहरू पनि औंल्याउनु भयो ।
Share
Use the QR code to easily share the message of Islam with others