हजरत अनस बिन मालिक (रजियल्लाहु अन्हु) भन्नुहुन्छ ; अल्लाहका रसूल(सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो: "अजान र इकामतको बीचमा (मागिएको) दुआ रद्द हुँदै...
नबी (सल्लल्लाहु अलैहि व सल्लम)ले अजान र इकामतको बीचमा (मागिएको) दुआको विशेषता वर्णन गर्नु भयो । किन भने उक्त समयमा ( मागिएको ) दुआ रद्द हुँदैन र कबूल...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : एक अन्धो मानिस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: हे अल्लाहका रसूल! मलाई मस्जिद सम्म ड...
एक अन्धो मानिस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: हे अल्लाहका रसूल! मलाई मस्जिदमा ल्याउन मद्दत गर्ने र पाँचवटा अनिवार्य सलाहको लागि मस्ज...
अबू हुरैरह रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्दै गरेको सुने, उहाँले भन्नुभयो : "तिमीहरूले के सोच्छौ, यदि तिमी...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले साना पापहरू पखाल्नको लागि दैनिक पाँच नमाजलाई एक व्यक्तिको ढोका अगाडि रहेको नदीसँग तुलना गर्नुभएको छ । जसमा ऊ हरेक दिन...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ? उहाँले जव...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो: अल्लाहलाई सबैभन्दा प्रिय कुन कर्म हो? उहाँले जवाफ दिनुभयो: शरियतले तोकेको समयमा फर्ज नमाज पढ्नु । त्यसपछि आ...
उसमान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जब फर्ज नमाजको समय हुन्छ र एउ...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग पूर्ण रूपमा वुजू गर्छ र नम्रताका साथ नमाज पढ्छ । अर्...
हजरत अनस बिन मालिक (रजियल्लाहु अन्हु) भन्नुहुन्छ ; अल्लाहका रसूल(सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो: "अजान र इकामतको बीचमा (मागिएको) दुआ रद्द हुँदैन । "
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : एक अन्धो मानिस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: हे अल्लाहका रसूल! मलाई मस्जिद सम्म डोर्याएर ल्याउने कोही मान्छे छैन । त्यसैले मलाई घरमा नमाज पढ्न अनुमति दिनुहोस् । उहाँले (सुरुमा) उसलाई अनुमति दिनुभयो, तर जब ती व्यक्ति बाहिर निस्कन लागे, उहाँले तीनलाई बोलाउनुभयो र सोध्नुभयो: "के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए, "हो, म सुन्छु" त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाइँ नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।"
अबू हुरैरह रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्दै गरेको सुने, उहाँले भन्नुभयो : "तिमीहरूले के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोकामा एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा स्नान गर्छ भने, के त्यो उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ? उनीहरूले भने: "कुनै मैलो बाँकी रहँदैन।" तब उहाँले भन्नुभयो: "पाँचवटा नमाजको उदाहरण त्यस्तै हो। यसबाट अल्लाह पापहरू मेटाइदिनुहुन्छ।"
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ? उहाँले जवाफ दिनुभयो: "समयमा नमाज पढ्नु ।" त्यसपछि के? उहाँले भन्नुभयो: "आमाबाबुसँग राम्रो व्यवहार गर्नु ।" त्यसपछि के? उहाँले जवाफ दिनुभयो: "अल्लाहको मार्गमा जिहाद (युद्ध) गर्नु ।" उनले भने : उहाँले मलाई यी कुराहरूको बारेमा बताउनुभयो । यदि मैले थप सोधेको भए, उहाँले अझ बढी बताउनुहुन्थ्यो ।
उसमान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वुजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी नमाज पढ्छ भने त्यो नमाज उसको अघिल्लो पापहरूका लागि प्रायश्चित हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन, र यो सधैं हुनेछ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्थ्यो : "दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।"
अम्र बिन शुऐबले आफ्नो बुबाद्वारा आफ्नो हजुरबुवाबाट नकल गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।"
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ । जब भक्तले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो भक्तलेे मेरो बढाई व्यक्त गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो महिमा गरेको छ र एक पटक उहाँले भन्नुभयो: मेरो भक्तले आफ्नो सबै मामिलाहरू मलाई सुम्पेको छ । जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो भक्तको बीचमा छ र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ । त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम, सिरातल्लजीन अन्अम्त अलैहिम गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो मेरो भक्तको लागि हो र मेरो भक्तले जे मागेको छ उसले त्यही पाउनेछ ।"
बुरैदह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हामी र तिनीहरूको बीचमा रहेको फरक सलाह हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।"
जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।"
सालिम बिन अबु जाअ्दले बयान गरेका छन्, एक व्यक्तिले भने : म नमाज पढेर राहत पाउन चाहन्छु । तर उनीहरूले उनको भनाइलाई नराम्रो रूपमा लिए । उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "हे बिलाल! नमाजको स्थापना गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, तब किरात (अल्हम्दु..) गर्नु अघि केही बेर मौन रहनुहुन्थ्यो । मैले भने: हे अल्लाहका रसूल! मेरो आमाबुबा पनि हजुरको लागि बलिदान होस्! तपाईं तकबीर र (सूरह फातिहा) बीच मौनतामा के पढ्नुहुन्छ? उहाँले भन्नुभयो: "म भन्छु: "अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खता-याय, कमा युनक्क स्सौबुल्-अब्यजु मिनद् दनस्, अल्लाहुम्-मग्सिल्नी मिन् खता-याय बिस्सल्जि वल्-माइ वल्-बरद् ।"