- यो समयमा दुआ माग्नुको विशेषता।
- जब दुआ गर्ने वालाले दुआका नियमहरूको ख्याल राख्छ र दुआ कबुल हुने समय र स्थान बारे विचार पुर्याउँछ,अल्लाहको अवज्ञाबाट टाढा रह्नछ र शंका उपशंकाका स्थानहरूमा कदम राख्नबाट बच्छ, र अल्लाहका साथ राम्रो सोच राख्छ भने अल्लाहको हुकमले यो दुआ कबुल हुन्छ भन्ने आशा लगाउन सकिन्छ ।
- "मनावी"ले दुआ कबूल हुने बारेमा भन्नु भएको छ : दुआ तब कबूल हुन्छ जब त्यसका शर्त र आधार तथा नियमहरूमा विचार गरेर दुआ गरिन्छ; यदि तीमध्ये कुनै कुराको ख्याल राखिएन र दुआ कबुल भएन भने केवल आफूलाई दोष दिए हुन्छ ।
- दुआ कबूल हुने भनेको : या त उसको दुआ तुरुन्तै पूरा गरिन्छ, वा त्यसै अनुसार कुनै खराबी ऊबाट हटाइन्छ, या उसका लागि आखिरतका निमित्त संगालेर राखिन्छ । यो सबै अल्लाहको भेद र दया अनुसार हुन्छ ।