- सुरा फातिहाको महत्व, किनभने अल्लाहले यसलाई ‘अस्-सलाह’ को नाम दिनुभएको छ ।
- आफ्नो भक्तप्रति अल्लाहको कृपाको वर्णन, भक्तले उहाँको प्रशंसा गर्छ भनेर भक्तको प्रशंसा र भक्तले जे मागेको छ त्यो दिने वाचा गर्नुभएको छ ।
- यस पवित्र सूरहमा अल्लाहको प्रशंसा, परलोकको उल्लेख, अल्लाहलाई बिन्ती, उहाँको मात्र उपासना गर्न आह्वान, सही मार्गदर्शन गर्न प्रार्थना र गलत मार्गहरूमा नलगाउन जस्ता विषयहरू समावेश छन् ।
- यदि कुनै उपासकले सुरह फातिहा पढ्दा यो हदीस आफ्नो दिमागमा राख्छ भने प्रार्थनामा उसको खुशुअ (नम्रता) बढ्छ ।