अब्दुल्लाह बिन अबू औफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ...
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो टाउको उठाउनुहुन्थ्यो, तब उहाँले भन्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह् ।’ अर्थात् जसले अल्लाहको प्र...
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा बस्दा : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो र यसलाई बारम्बार दोहोर्याउनुहुन्थ्यो ।
"रब...
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाजमा यी पाँच चीजहरू माग्नुहुन्थ्यो, जुन एक मुस्लिमको लागि अति आवश्यक छ, किनभने यसमा संसार र परलोक दुवैको कल्याण निहित...
हित्तान बिन अब्दुल्लाह रक्काशी भन्छन्, मैले एक पटक अबु मुसा अल-अशरी (रजियल्लाहु अन्हु) संग नमाज पढें । तशह्हुदमा बसिरहेको बेला पछाडि नमाज पढिरहेको एक...
अबु मुसा अल-अशअरी (रजियल्लाहु अन्हु) ले नमाज पढाउनुभयो । तशह्हुदमा बसिरहेको बेला उनको पछाडि नमाज पढिरहेको एक व्यक्तिले 'कुर्आनमा दान र जकातको साथमा नम...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तशह्हुद सिकाउनु हुन्थ्यो जसरी उहाँले मलाई कुरानको सुर...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अब्दुल्लाह बिन मस्उद (रजियल्लाहु अन्हु) लाई नमाजमा पढिने तशह्हुद सिकाउनुभयो । त्यसबेला उनको हात उहाँका दुवै हातको बी...
अब्दुल्लाह बिन अबू औफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्, अल्लाहुम्म रब्बना लकल्-हम्द्, मिल-अस्स्मावाति व मिल-अल-अर्ज व मिलअ मा शिअत मिन शैइन् बाअदु' ।
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
हित्तान बिन अब्दुल्लाह रक्काशी भन्छन्, मैले एक पटक अबु मुसा अल-अशरी (रजियल्लाहु अन्हु) संग नमाज पढें । तशह्हुदमा बसिरहेको बेला पछाडि नमाज पढिरहेको एक व्यक्तिले भन्यो: नमाज धार्मिकता र जकात संग स्थापित गरिएको छ । जब अबू मुसा (रजियल्लाहु अन्हु) ले आफ्नो नमाज पूरा गरे अनि सलाम फेरेर मानिसहरूतर्फ फर्के तब भने: तिमीहरूमध्ये कसले यो भन्यो? जब कसैले जवाफ दिएनन्, उनले फेरि सोधे: तिमीहरूमध्ये कसले यो भन्यो? त्यसपछि उनले भने: हे हित्तान! सायद तिमिले भन्यौ होला ! उसले भन्यो: मैले भनेको होइन, मलाई डर थियो सायद तपाईंले मलाई गाली गर्नुहुन्छ । यो सुनेर त्यहाँ उपस्थित एक व्यक्तिले भने: मैले भनेको हो र मेरो नियत राम्रो थियो । त्यसपछि अबु मुसा अल-अशरी (रजियल्लाहु अन्हु) ले भने: नमाजमा के भन्नुपर्छ पनि थाहा छैन? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सम्बोधन गर्नुभयो र हामीलाई हामीले गर्नुपर्ने सुन्नतहरू स्पष्ट पार्नुभयो र हामीलाई नमाज पढ्ने तरिका सिकाउनुभयो । उहाँले ले भन्नुभयो : "जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एकले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् । जब उनले {गैरिल-मग्जूबि अलैहिम वलज्जाल्लीन} (अल-फातिहा:७) भन्छन्, तपाईंहरूले आमीन भन्नुहोस्; अल्लाहले तपाईंहरूको प्रार्थना स्वीकार गर्नुहुनेछ । त्यसपछि जब उनले "अल्लाहु अकबर" भन्छन् र रूकुअ गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र रूकुअमा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र रूकुअ गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको रुकुअमा क्षणिक ढिलाइ रुकुअबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब इमामले ‘समिअल्लाहु लिमन-हमिदह’ भन्छन् तब तपाइँहरू ‘अल्लाहुम्म रब्बना व लकल-हम्द’ भन्नुहोस्, 'अल्लाहले तपाइँको बिन्ती सुन्नुहुन्छ' भन्ने कुरा अल्लाहले रसूलद्वारा बताउनुभएको छ । त्यसपछि जब इमामले "अल्लाहु अकबर" भन्छन् र सज्दा गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र सज्दामा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र सज्दा गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको सज्दामा क्षणिक ढिलाइ सजदाबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब तपाईं तशह्हुदमा बस्नुहुन्छ, तपाईंले शुरुदेखि निम्न दुआ : ‘अत्तहिय्यातु अत्तैयिबातु अस्सलवातु लिल्लाह, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्’ पढ्नुहोस् ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तशह्हुद सिकाउनु हुन्थ्यो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो । त्यतिबेला मेरो हत्केला उहाँको दुवै हत्केलाहरूको बीचमा थियो :
‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’
बुखारी र मुस्लिमको अर्को हदीसमा यसरी छ : "इन्न - ल्लाह हुव स्सालामु",
त्यसैले जब तिमीहरू मध्ये कोही तशह्हुदमा बस्छ, उसले यसरी भनोस्:
‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन् । (भक्तले यो पढेपछि उसको दुआ आकाश र पृथ्वीमा रहेका हरेक धर्मी सेवकहरूमा लागू हुनेछ),
त्यसपछि : अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ त्यसपछि आफूले चाहेको दुआहरू गर्न सक्छ ।"
मादान बिन अबू तल्हा यामुरीले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आजाद गरिएको दास सौबानलाई भेटें र भने: मलाई एउटा यस्तो काम बताउनुहोस्, जुन मैले गरे भने अल्लाहले मलाई स्वर्गमा प्रवेश गर्नुहुन्छ । वा मैले भने: अल्लाहको नजरमा सबैभन्दा प्यारो कामबारे मलाई भन्नुहोस् । उनी चुप लागे । मैले फेरि प्रश्न सोध्दा उनी मौन बसे । जब मैले तेस्रो पटक प्रश्न दोहोर्याएँ, उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम)लाई यसबारे सोधेको थिएँ र उहाँले भन्नुभयो: ''अल्लाहको लागि अत्याधिक सज्दा गर्नु, किनकि तिमीले गरेको हरेक सज्दाले अल्लाह ले तिम्रो एक स्तर बढाउनुहुन्छ र एक पाप मेटाउनुहुन्छ ।'' मादानले भने: त्यसपछि मैले अबू-दर्दा (रजियल्लाहु अन्हु) लाई भेटें र त्यही प्रश्न सोध्दा उनले पनि सौबानले भने जस्तै जवाफ दिए ।
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।"
उस्मान बिन अबुल आस् (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: हे अल्लाहका रसूल! शैतान मेरो नमाज र मेरो तिलावत (पाठ) को बीचमा आएर मलाई भ्रमित पार्न खोज्छ । यो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर ।" उनी भन्छन्, जब मैले उस्तै गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के तिमीहरूमध्ये जसले इमाम भन्दा अगाडि आफ्नो टाउको उठाउँछ - अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गर्दिन वा अल्लाहले उसको छविलाई गधा जस्तै बनाइदिने डर छैन ?"
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब तिमीहरूमध्ये कसैलाई आफ्नो नमाजमा शंका लाग्छ र उसले तीन वा चार कति रकातहरू पढेको हो थाहा छैन भने उसले शङ्कालाई छोडेर विश्वासमा भर पर्नुपर्छ र त्यसपछि सलाम फेर्नु अघि दुईवटा सज्दा गर्नुपर्छ । यदि उसले पाँच रकातहरू पढेको छ भने यी दुई सज्दाले उसको नमाज ६ रकात बराबर हुनेछ र यदि उसले पूरा चार रकातहरू पढेको थियो भने, यी दुई सज्दाहरू शैतानको लागि अपमानको कारण हुनेछन् ।