- कुनै मुसल्ली (नमाज पढ्ने व्यक्ति) लाई आफ्नो नमाजमा शंका भयो र उसले तीन रकात पढेको छ कि चार केही थाहा छैन भने उसले शंका त्याग्नु पर्छ र निश्चितताका साथ काम गर्नुपर्छ, जुन सबैभन्दा कम हो, त्यसैले उसले कममा विश्वास गर्दै आफ्नो नमाज पुरा गर्नुपर्छ र सलाम फेर्नु अघि दुईवटा सजदा (सहव) गर्नुपर्छ अनि त्यसपछि सलाम फेनुपर्छ ।
- यी दुई सजदा (सहव) ले नमाज को कमीलाई पुरा गर्छ र शैतानको चाललाई असफल बनाउने र उसलाई अपमानित गर्ने तरिका हो ।
- हदीसमा उल्लेखित शंका भनेको १०० प्रतिशत हो तर यदि उसलाई कुनै अनुमान छ भने त्यही अनुसार पुरा गरिनेछ ।
- शंकासँग लड्नु पर्छ र शरियतको आदेशको पालना गरेर यसलाई निर्मुल पार्न प्रोत्साहन ।