- प्रत्येक नमाजको अन्तिम सज्दापछि र तीन तथा चार रकाअतमा दोस्रो रकाअत पछि तशह्दहुको लागि बस्नु पर्छ ।
- तशह्दहुमा 'अत्-तहियात' पढ्नु वाजिब हो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित 'अत्-तहियात' का जुनसुकै शब्दहरू पढ्नु जायज हो ।
- नमाजमा पापबाहेक आफूले चाहेको जुनसुकै दुआ गर्नु जायज हो ।
- दुआ (प्रार्थना) गर्दा आफैबाट सुरुवात गर्नु मुस्तहब हो ।