- तशह्हुदको दुआहरू मध्ये एकको उल्लेख ।
- सलाह (नमाज) का सम्पूर्ण कार्य र भनाइहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा पुष्टि हुनुपर्छ । सुन्नतबाट प्रमाणित नभएको कुनै पनि कार्य वा कथन नमाजमा अनुमति छैन ।
- नमाज पढ्दा इमाम भन्दा अगाडी कुनै कुरा गर्नु वा ढिलो गर्नु अनुमति छैन । मुक्तदीले इमामको अनुसरण गर्नुपर्छ ।
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) धर्मको प्रचारप्रसार र आफ्नो उम्मतलाई धार्मिक नियमहरू सिकाउन विशेष ध्यान दिनुहुन्थ्यो भन्ने कुराको उल्लेख ।
- इमाम मुक्तदीहरूका लागि आदर्श हुन् । तसर्थ, मुक्तदीले नमाज पढ्दा इमाम भन्दा अगाडि बढ्ने वा उसको साथ-साथ गर्ने वा ढिलो गर्ने अनुमति छैन, बरु इमामले गरेको निश्चित भएपछि मुक्तादीले इमामको अनुसरण गर्नुपर्छ ।
- नमाजमा सफ (पंक्ति) हरू सीधा गर्नु मुस्तहब हो ।