वाबिसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: अल्लाहका रसूल (सलल्लाहु अलैहि वसल्लम)ले एक पुरुषलाई देख्नुभयो जसले अलगै एक्लै पंक्तिको पछाडि नमाज अदा गरि...
नबी (सलल्लाहु अलैहि वसल्लम)ले एक व्यक्तिलाई देख्नुभयो जसले अलगै एक्लै पंक्तिको पछाडि नमाज अदा गरिरहेको थियो। त्यसपछि उहाँले उसलाई आफ्नो नमाज फेरि अदा...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सामु एक व्यक्तिको चर्चा भयो, जसले रातभर सुतेर बिहानसम्म उठेन...
नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सामु एक व्यक्तिको चर्चा भयो, जसले बिहानसम्म सुतिरह्यो यहाँ सम्म कि सूर्य उदायो अनि फज्र नमाजका लागि उठेन। नबी (सल्लल्ल...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सूर्योदय हुने सबै दिन भन्दा राम्रो दिन जुमाको दिन हो...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सबैभन्दा राम्रो दिन जसमा सूर्य उदाउँछ शुक्रबार हो भन्नुभएको छ । यसका केही विशेषताहरू: अल्लाहले आदम (अलैहिस्सलाम) लाई...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जसले जुमा (शुक्रबार) को दिन जनाबत (यौनसम्बन्ध पछि) को...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जुमाको नमाज लागि चाँडै जाने सद्गुणबारे बताउनुभएको छ । जुमाको लागि प्रारम्भिक आगमन सूर्योदयदेखि लिएर इमामको आगमनसम्म ह...
सौबान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाह (नमाज) मा सलाम फेरिसकेपछि ‘अस्तग्-फिरूल्लाह’ (तीन पटक र यो दुआ पढ्नुह...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाह (नमाज) समाप्त गरेपछि ‘अस्तग्-फिरूल्लाह’ (हे अल्लाह! म तपाईंसँग माफी माग्दछु) तीन पटक पढ्नुहुन्थ्यो । त्यसपछि, आ...

वाबिसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: अल्लाहका रसूल (सलल्लाहु अलैहि वसल्लम)ले एक पुरुषलाई देख्नुभयो जसले अलगै एक्लै पंक्तिको पछाडि नमाज अदा गरिरहेको थियो। त्यसपछि उहाँले उसलाई आफ्नो नमाज फेरि अदा गर्न निर्देशन दिनुभयो।

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सामु एक व्यक्तिको चर्चा भयो, जसले रातभर सुतेर बिहानसम्म उठेन। उहाँले भन्नुभयो: " यो त्यो व्यक्ति हो, जसको कानमा वा दुवै कानमा शैतानले पिसाब गरेको छ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सूर्योदय हुने सबै दिन भन्दा राम्रो दिन जुमाको दिन हो, त्यही दिन आदमलाई सृष्टि गरियो, त्यही दिन उनलाई स्वर्गमा प्रवेश गराइयो, त्यही दिन उनलाई त्यहाँबाट निकालियो र शुक्रबारको दिन नै प्रलय आउनेछ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जसले जुमा (शुक्रबार) को दिन जनाबत (यौनसम्बन्ध पछि) को स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिदतर्फ जान्छ, उसले दानमा ऊँट दिए जस्तै हो । जो दोस्रो प्रहरमा मस्जिद जान्छ, उसले दानमा गाई दिए जस्तै हो । जो तेस्रो प्रहरमा मस्जिद जान्छ, उसले दानमा भेडा दिए जस्तै हो । जो चौथो प्रहरमा मस्जिद जान्छ, उसले दानमा कुखुरा दिए जस्तै हो । जो पाँचौं प्रहरमा मस्जिद जान्छ, उसले दानमा अण्डा दिए जस्तै हो । त्यसपछि जब इमाम (खुत्बाको लागि) आउनुहुन्छ, फरिश्ता (स्वर्गदूत) हरू उपस्थित हुन्छन् र खुत्बा(उपदेश) सुन्छन् ।"

सौबान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाह (नमाज) मा सलाम फेरिसकेपछि ‘अस्तग्-फिरूल्लाह’ (तीन पटक र यो दुआ पढ्नुहुन्थ्यो: "अल्लाहुम्म अन्तस्सलाम व मिन्कस्सलाम तबारक्त या जल्-जलालि वल्-इक्राम् ।" वलीद भन्छन्: मैले औजाइलाई सोधें: इस्तिग्फार कसरी पढ्ने? उनले जवाफ दिए: अस्तग्-फिरूल्लाह’ अस्तग्-फिरूल्लाह’ (म अल्लाहसँग माफी माग्छु, म अल्लाहसँग माफी माग्छु) भन्नुपर्छ ।

अबू जुबैरले बयान गरेका छन्, उनले भने: अब्दुल्लाह बिन जुबैर (रजिअल्लाहु अनहुमा) हरेक नमाज मा सलाम फेरिसकेपछि यो दुआ गर्नुहुन्थ्यो: ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, ला हौल वला कुव्वत इल्ला बिल्लाह्, ला इलाह इल्लल्लाहु, वला नाअ्बुदु इल्ला इय्याह्, लहु-न्निअ्मतु व लहुल्-फज्लु व लहुस्सना उल्-हसन्, लाइलाह इल्लल्लाहु मुख्लिसीन लहुद्दी न व लौ करिहल्-काफिरून्’ । अर्थात अल्लाहबाहेक कुनै पनि पूजा योग्य छैन। उहाँ एक मात्र हुनुहुन्छ, उहाँको कुनै साझेदार छैन। सम्पूर्ण राज्य उहाँकै हो, सम्पूर्ण प्रशंसा उहाँलाई नै हो, र उहाँ सबै कुरामा सक्षम हुनुहुन्छ। पापबाट जोगिने शक्ति र राम्रो कार्य गर्न सक्ने क्षमता केवल अल्लाहको कृपाबाट प्राप्त हुन्छ। अल्लाहबाहेक कुनै सच्चा उपास्य छैन। हामी केवल उहाँको नै पूजा गर्छौं। हरेक अनुग्रहका मालिक उहाँ नै हुनुहुन्छ, सम्पूर्ण कृपा उहाँकै हो, र उत्कृष्ट प्रशंसा पनि उहाँकै लागि हो। अल्लाहबाहेक कुनै सच्चा उपास्य छैन। हामी केवल उहाँकै सच्चा उपासक हौं, चाहे काफिरहरूले यसलाई मन नपराउन। थप भने: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजमा सलाम फेरिसकेपछि यो दुआहरू पढेर अल्लाहको प्रशंसा व्यक्त गर्नुहुन्थ्यो ।

मुगीरा बिन शोअबाको मुन्सि वर्रादले बयान गरेका छन्, मुगीरा बिन शोअबाले मलाई मुआविया (रजियल्लाहु अन्हु) लाई पठाइएको पत्रमा लेख्न लगाए: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि यो दुआ पढ्नुहुन्थ्यो : ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, अल्लाहुम्म ला मानिअ लिमा आअ्तैत्, वला मुअ्तिय लिमा मनअ्त, वला यन्फउ जलजद्दि मिन्कल्-जद्द ।’

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो र ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० पुरा गर्छ भने उसका सम्पूर्ण पापहरू क्षमा हुनेछन्, चाहे त्यो समुद्रको फिज (फेन) बराबर भए पनि ।”

अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।"

इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु । जुहरअघि दुई रकात, जुहरपछि दुई रकात, मगरिबपछि दुई रकात घरमा, इशापछि दुई रकात घरमा र बिहान (फजर) को नमाज अघि दुई रकात र यस समय कोही पनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भएको ठाउँमा प्रवेश गर्दैन्थ्यो । हफ्सा (रजियल्लाहु अन्हा) ले मलाई भनिन्, जब मुअज्जिनले फजरको अजान दिन्थ्यो तब उहाँ दुई रकात नमाज पढ्नुहुन्थ्यो । अर्को हदीसमा छ: उहाँ जुमा नमाजपछि दुई रकात नमाज पढ्नुहुन्थ्यो ।

उम्मुल-मुमिनीन (आस्थावानहरूकि आमा) आइशा (रजियल्लाहु अन्हा)ले बयान गरेकि छिन्, नबी (सलल्लाहु अलैहि वसल्लम)ले चार रकआत (सुन्नत) जुहरको नमाजअघि र दुई रकआत (सुन्नत) फज्रको नमाजअघि कहिल्यै छोड्नुहुन्नथ्यो।

अब्दुल्लाह बिन मोगफ्फल (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ र त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: "उसको लागि जो पढ्न चाहन्छ ।"