/ नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सामु एक व्यक्तिको चर्चा भयो, जसले रातभर सुतेर बिहानसम्म उठेन। उहाँले भन्नुभयो: " यो त्यो व्यक्ति हो, जसको कानमा वा दुवै कानमा शैतानले पिसाब गरेको छ।...

नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सामु एक व्यक्तिको चर्चा भयो, जसले रातभर सुतेर बिहानसम्म उठेन। उहाँले भन्नुभयो: " यो त्यो व्यक्ति हो, जसको कानमा वा दुवै कानमा शैतानले पिसाब गरेको छ।...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सामु एक व्यक्तिको चर्चा भयो, जसले रातभर सुतेर बिहानसम्म उठेन। उहाँले भन्नुभयो: " यो त्यो व्यक्ति हो, जसको कानमा वा दुवै कानमा शैतानले पिसाब गरेको छ।"
मुत्तफकुन अलैहि

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सामु एक व्यक्तिको चर्चा भयो, जसले बिहानसम्म सुतिरह्यो यहाँ सम्म कि सूर्य उदायो अनि फज्र नमाजका लागि उठेन। नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो: यो त्यस्तो व्यक्ति हो, जसको कानमा शैतानले पिसाब गरेको छ।

Hadeeth benefits

  1. रातीमा पढिने तहज्जुद नमाज़लाई छोड्नु नापसन्द गरिन्छ। र यसको कारण शैतान हो।
  2. शैतानबाट सतर्क रहनु आवश्यक छ किनकि ऊ मानिसको लागि प्रत्येक मार्गमा घात लगाएर बस्छ। ताकि ऊसलाई अल्लाहको आज्ञापालनबाट रोक्न सकोस्।
  3. इब्न हजरले भन्नुभयो: (ما قام إلى الصلاة) मा उल्लेख गरिएको नमाज शब्दले सबै प्रकारका नमाजलाई जनाउछ। साथै यो विशेषत तहज्जुद वा फरज (अनिवार्य) नमाजलाई पनि जनाउन सक्ने सम्भावना छ।
  4. तयबीले भन्नुभएको छ: कानलाई विशेष रूपमा उल्लेख गरिएको छ, यद्यपि निद्रासँग आँखा बढी सम्बन्धित हुन्छ। यसले निद्राको गहिराइतर्फ संकेत गर्दछ किनकि कान ध्यान को स्रोत हुन्छ, र पिसाबलाई विशेष रूपमा उल्लेख गरिएको छ किनकि यो शरीरका भोकल स्थानहरूमा सजिलै प्रवेश गर्छ र रक्तनलीहरूमा छिटो प्रवेश गर्छ, जसले शरीरका सबै अङ्गहरूमा आलस्य ल्याउँछ।