रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि यो दुआ पढ्नुहुन्थ्यो
मुगीरा बिन शोअबाको मुन्सि वर्रादले बयान गरेका छन्, मुगीरा बिन शोअबाले मलाई मुआविया (रजियल्लाहु अन्हु) लाई पठाइएको पत्रमा लेख्न लगाए: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि यो दुआ पढ्नुहुन्थ्यो : ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, अल्लाहुम्म ला मानिअ लिमा आअ्तैत्, वला मुअ्तिय लिमा मनअ्त, वला यन्फउ जलजद्दि मिन्कल्-जद्द ।’
मुत्तफकुन अलैहि
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि : ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, अल्लाहुम्म ला मानिअ लिमा आअ्तैत, वला मुअ्तिय लिमा मनाअ्त, वला यन्फउ जलजद्दि मिन्कल्-जद्द’ पढ्नुहुन्थ्यो ।
अर्थात् म तौहीद (एकेश्वरवाद) को वचनलाई स्वीकार गर्दछु । म साँचो उपासना केवल अल्लाहको लागि पुष्टि गर्दछु र उहाँबाहेक सबैका लागि अस्वीकार गर्दछु । किनकि अल्लाह बाहेक अरु कोही सच्चा उपासक छैन । म पुष्टि गर्छु कि साँचो र पूर्ण सार्वभौमसत्ता अल्लाहका लागि हुन् र केवल उहाँ आकाश र पृथ्वीमा भएका सबै प्रशंसाका हकदार हुनुहुन्छ । किनकि उहाँ सबै कुरामा सक्षम हुनुहुन्छ । यदि उहाँले कसैलाई केही प्रदान गर्नुहुन्छ भने त्यसलाई कसैले रोक्न सक्दैनन् वा कसैलाई केही नदिने नियत गर्नुभएको छ भने त्यसलाई कोही दिन सक्दैन । उहाँको दरबारमा धनी व्यक्तिको धनले उसलाई कुनै फाइदा गर्दैन । हो, उसको सत्कर्मले मात्र उसलाई फाइदा गर्नेछ ।
Hadeeth benefits
एकेश्वरवाद र अल्लाहको प्रशंसामा आधारित रहेकोले यो जिक्र हरेक सलाह पछि पढ्नु मुस्तहब हो ।
सुन्नतहरूको पालनामा अघि सर्नु र तिनको प्रचार प्रसार गर्नु।
Share
Use the QR code to easily share the message of Islam with others