- हप्ताका अन्य दिनहरूमा जुमा (शुक्रबार) को सद्गुण ।
- जुमा (शुक्रबार) को दिन अत्याधिक नेक काम गर्न प्रोत्साहन, अल्लाहको कृपा प्राप्त गर्न र उहाँको क्रोधबाट बच्न तयार रहनुहोस् ।
- हदीसमा उल्लेखित जुमा (शुक्रबार) का विशेषताहरूबारे केही धारणाहरू : यो जुमाको विशेषता होइनन्; किनकि आदमलाई त्यहाँबाट निकालिनु र प्रलय आउनु कुनै विशेषता होइन । अर्को भनाइँ : यी सबै विशेषताहरू हुन् । आदमलाई त्यहाँबाट निकालिनु भनेको सन्तान, सन्देशवाहकहरू र नबीहरूको अस्तित्वको कारण हो । त्यसैगरी प्रलय आउनुमा धर्मीहरूको इनाम र अल्लाहले उनीहरूको सम्मानको लागि तयार गर्नुभएको कुरा प्राप्त गर्नको लागि हतार गर्नु हो ।
- जुमा (शुक्रबार) का अन्य विशेषताहरू अर्को हदीसमा उल्लेख गरिएको छ, जस्तै: त्यही दिन आदमको पश्चात्ताप स्वीकार गरियो, त्यही दिन उनको निधन भयो र जुमाको दिन एउटा यस्तो समय छ जसमा कुनै पनि मुमिन भक्तले अल्लाहसँग केही माग्छ भने उहाँले दिनुहुन्छ ।
- वर्षको सबैभन्दा उत्कृष्ट दिन अराफातको दिन हो । केही धर्मविदले 'कुर्बानी' (बलिदान) को दिन भनेका छन् । हप्ताको सबैभन्दा उत्कृष्ट दिन शुक्रबारको दिन हो र सबैभन्दा उत्कृष्ट रात लैलतुल-कदर हो ।