- अजान र इकामतको बीचमा नमाज पढ्नु मुस्तहब हो ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफूले भनेको कुरालाई प्रायः दोहोर्याउनुहुन्थ्यो, ताकि श्रोताहरूले राम्ररी सुन्न सकून् र भनिएको कुराप्रति ध्यानाकर्षण होस् ।
- दुई अजानको अर्थ : अजान र इकमत हो, तर दुवैलाई अजान भनिएको छ, जस्तैः 'कमरैन' दुई चन्द्रमा (सूर्य र चन्द्रमा) र 'उमरैन' दुई उमर (अबू बकर र उमर) ।
- अजान : नमाजको समय भएको सूचना हो र इकामत : नमाज (जमात) कायम गर्ने सूचना हो ।