मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु । जुहरअघि दुई रकात, जुहरपछि दुई रकात, मगरिबपछि दुई रकात घरमा, इशापछि दुई रकात घरमा र बिहान (फजर) को नमाज अघि दुई रकात र यस समय कोही पनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भएको ठाउँमा प्रवेश गर्दैन्थ्यो । हफ्सा (रजियल्लाहु अन्हा) ले मलाई भनिन्, जब मुअज्जिनले फजरको अजान दिन्थ्यो तब उहाँ दुई रकात नमाज पढ्नुहुन्थ्यो । अर्को हदीसमा छ: उहाँ जुमा नमाजपछि दुई रकात नमाज पढ्नुहुन्थ्यो ।
सम्पूर्ण रिवायतहरूद्वारा मुत्तफकुन अलैहि
Explanation
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हु) बताउँछन्, उनले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअत नवाफिल (अतिरिक्त सलाह) हरू याद गरेका छन्, जसलाई सुनन रवातिब भनिन्छ । जुहरअघि दुई रकात र जुहरपछि दुई रकाअत । दुई रकाअत मगरिब पछि घरमा । दुई रकाअत ईशापछि घरमा । फजर भन्दा पहिले दुई रकाअत । यसरी जम्मा दश रकाअत पुरा भयो । जहाँसम्म शुक्रबारको नमाजको सवाल छ, नमाजपछि उहाँ दुई रकाअत पढ्नुहुन्थ्यो ।
Hadeeth benefits
यी सुन्नतहरू नियमित रूपमा पढ्नु मुस्तहब हो ।
घरमा सुन्नत नमाज पढ्नु शरीयत अनुसार हो ।
Share
Use the QR code to easily share the message of Islam with others