हे बिलाल! नमाजको स्थापना गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।
सालिम बिन अबु जाअ्दले बयान गरेका छन्, एक व्यक्तिले भने : म नमाज पढेर राहत पाउन चाहन्छु । तर उनीहरूले उनको भनाइलाई नराम्रो रूपमा लिए । उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "हे बिलाल! नमाजको स्थापना गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।"
अबू दाऊदले वर्णन गरेका छन्
Explanation
एक सहाबीले भने: म नमाज पढेर राहत पाउन चाहन्छु, तब वरपरका केही मानिसहरूले उनको भनाइलाई नराम्रो ठाने । त्यसपछि उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : ए बिलाल! नमाज लागि अजान देऊ र नमाज कायम गर, ताकि हामीले यसबाट शान्ति पाउन सकौं; किनभने नमाज मा अल्लाहसँग कुराकानी हुन्छन् र आत्मा र हृदयलाई शान्ति मिल्छ ।
Hadeeth benefits
नमाज मा अल्लाहसँग कुराकानी भएकोले आत्मा र हृदयलाई शान्ति मिल्छ ।
उपासनालाई बेवास्ता गर्नेहरूको खण्डन ।
जसले आफ्नो कर्तव्यको पालना गर्दै आफ्नो दायित्व निर्वाह गर्छ भने उसलाई एक प्रकारको राहत र सन्तुष्टिको अनुभूति हुन्छ ।
Share
Use the QR code to easily share the message of Islam with others