/ तिमीहरूले के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोकामा एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा स्नान गर्छ भने, के त्यो उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ?...

तिमीहरूले के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोकामा एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा स्नान गर्छ भने, के त्यो उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ?...

अबू हुरैरह रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्दै गरेको सुने, उहाँले भन्नुभयो : "तिमीहरूले के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोकामा एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा स्नान गर्छ भने, के त्यो उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ? उनीहरूले भने: "कुनै मैलो बाँकी रहँदैन।" तब उहाँले भन्नुभयो: "पाँचवटा नमाजको उदाहरण त्यस्तै हो। यसबाट अल्लाह पापहरू मेटाइदिनुहुन्छ।"
मुत्तफकुन अलैहि

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले साना पापहरू पखाल्नको लागि दैनिक पाँच नमाजलाई एक व्यक्तिको ढोका अगाडि रहेको नदीसँग तुलना गर्नुभएको छ । जसमा ऊ हरेक दिन पाँच पटक नुहाउछ र उसको शरीरमा फोहोर हुँदैन ।

Hadeeth benefits

  1. यो साना पापहरूको प्रायश्चितको लागि मात्र हो, ठूला पापहरूको लागि पश्चात्ताप गर्नुपर्छ ।
  2. दैनिक पाँच नमाजहरू त्यसका सर्तहरू, स्तम्भहरू, वाजिबहरू र सुन्नतहरूको पालनाका साथ पढ्ने पुण्य ।