- इस्तिफ्ताह (नमाज प्रारम्भ) गर्ने दुआ बिस्तारै पढ्नुपर्छ, यद्यपि जहरी (ठूलो स्वरमा पढिने) नमाज भए पनि ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा (साथी) हरू उहाँको दिनचर्या, अवस्थाहरू र के गर्नुहुन्छ र के गर्नुहुन्न जान्न उत्सुक हुन्थे ।
- इस्तिफ्ताह (नमाज प्रारम्भ) गर्ने दुआका अन्य रूपहरु पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छन् । त्यसैले कहिले यो दुआ र कहिले अर्को पढेर प्रमाणित सबै तरिकाहरूमाथि अमल गर्नु राम्रो हो ।