- नुहाउदा र वुजू गर्दा कम पानी खर्च गर्नु मुस्तहब हो र पानी जति भए पनि खेर फाल्नु वा बर्बाद गर्नु हुँदैन ।
- नुहाउने बेला र वुजू गर्दा आवश्यकता अनुसार पानीको मात्रा कम गर्नु नै नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका हो ।
- यसको अर्थ भनेको सुन्नत र शिष्टाचारलाई ध्यानमा राख्दै अनावश्यक खर्च बिना पूर्णतया नुहाउनु र वुजू गर्नु हो, तर समय, परिस्थिति र पानीको प्रचुरता आदिमा ध्यान दिनुपर्छ ।
- जनाबत भन्नाले सम्भोग वा वीर्य स्खलन पछिको अवस्थालाई जनाउँछ । यस्तो अवस्थामा शुद्ध नभएसम्म नमाज र उपासनाबाट टाढा रहनुपर्छ ।
- ‘साअ’: एक प्रसिद्ध नाप हो र यसको अभिप्राय नबी (सल्लल्लाहु अलैहि वसल्लम) को ‘साअ’ हो, जसको परिमाण (राम्रो गहुँलाई वजन गर्दा) (४८०) ग्राम हुन्छ र लिटरमा (३ लिटर) हुन्छ ।
- ‘मुद’: एक शरियत को माप हो, एक औसत व्यक्तिको दुवै हत्केलामा अटाउने परिमाणलाई १ मुद भनिन्छ र यसको मात्रा (७५०) मिलिलिटर हुन्छ अनि एक ‘साअ’ को यो चौथाई भाग हो ।