- यदि कोही भर्खरै निद्राबाट उठेको हैन भने वुज़ूको प्रारम्भमा हातलाई बर्तनमा हाल्नु अघि धुनु मुस्तहब हो । तर यदि ऊ रातको निद्राबाट उठेको हो भने, दुवै हातहरू धुनु अनिवार्य छ।
- सिकारु लाई सजिलै बुझाउन र त्यसलाई सुदृढ गर्नका लागि शिक्षकले सबैभन्दा उत्कृष्ट तरिका अपनाउनुपर्छ, जस्तै व्यावहारिक शिक्षा दिनु ।
- नमाज पढ्ने व्यक्तिले संसारका कामसँग सम्बन्धित विचारहरूलाई टाढा राख्नुपर्छ। किनकि नमाज तब मात्र पूरा हुन्छ जब हृदय र दिमागको साथ पढिन्छ । नत्र मनमा आउने विचारबाट बच्न गाह्रो हुन्छ । तसर्थ, व्यक्तिले विचारको धारामा बग्नुको सट्टा आफैंसँग लड्नुपर्छ ।
- दाहिने तर्फबाट वुजु गर्नु सुन्नत हो ।
- कुल्ला गर्ने, नाकमा पानी हाल्ने र नाक सफा गर्ने सन्दर्भमा क्रम कायम राख्नुपर्छ ।
- अनुहार, हात र खुट्टा एक चोटि धुनु अनिवार्य हो र तीन चोटि धुनु मुस्तहब हो ।
- अल्लाहद्वारा विगतका पापहरू क्षमा गरिने कुरा दुई सत्कर्महरू एक साथ गरे पछि मात्र प्राप्त हुन्छ त्यो के हो भने हदीसमा उल्लेखित विधि अनुसार वुजु गर्नु र त्यसपछि दुई रकात नमाज पढ्नु ।
- वुजु गर्दा धुनु पर्ने प्रत्येक अंगको सीमा तोकिएको छ । अनुहारको सीमा : निधारको कपालदेखि चिउँडोसम्म लम्बाइमा र एक कानदेखि अर्को कानसम्म चौडाइमा फैलिएको छ । हातको सीमा : औंलाको टुप्पोदेखि कुहिनो सम्म हो । कुहिनोले हात र पाखुराबीचको जोडलाई जनाउँछ । टाउकोको सीमा : निधारदेखि पछाडि घाँटीको माथिल्लो भागसम्म हो । दुवै कानको मसह भनेको टाउकोमा नै समावेश छन् । खुट्टाको सीमा भनेको : पूरै पैताला, खुट्टा र गोलीगाँठो बीचको जोड सहित हो ।