- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सम्पूर्ण संसारका मानिसहरूका लागि रसूल (ईसहदूत) को रूपमा पठाइएको थियो । तसर्थ, सबैले उहाँको अनुसरण गर्नु अनिवार्य हो र उहाँको शरियतले पहिलेका सबै शरीयत (विधिविधान) हरूलाई रद्द गरेको छ ।
- जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई अस्वीकार गर्छ, उसलाई अन्य ईश्दूतहरुमा विश्वास गर्ने दाबीले केही फाइदा हुने छैन ।
- जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बारेमा थाहा पाएन र उहाँको आह्वान पनि उसलाई पुगेन भने ऊ अनभिज्ञ (अशक्त) ठानिन्छ र परलोकमा उसको मामिला अल्लाहको हातमा हुनेछ ।
- मृत्युको केही समय अघि चाहे एकदम गम्भीर रोगले ग्रसित किन नहोस् आत्मा घाँटीमा नपुग्दासम्म इस्लाम स्वीकार गर्ने व्यक्तिलाई लाभ हुन्छ ।
- यहूदी र ईसाई सहित काफिरहरूको धर्मलाई सही ठान्नु कुफ्र हो ।
- यस हदीसमा यहूदी र ईसाईहरूलाई उल्लेख गरेर अन्य धर्मका अनुयायीहरूलाई चेतावनी दिइएको छ; किनभने यी दुई समुदाय ‘अह्ले-किताव’ लाई ग्रन्थहरू दिइएका थिए तैपनि यो हालत हो भने किताब नभएका अन्य समुदायको हालत के होला ? तसर्थ, सबै समुदायले इस्लाम धर्म स्वीकार्नु र उहाँको अनुसरण गर्नु अनिवार्य छ ।