- बुद्धिमान् व्यक्तिले तुरुन्तै पश्चात्ताप गर्नुपर्छ र यदि ऊ अन्याय, अत्याचार र कुकर्ममा लिप्त भईरहन्छ भने ऊ अल्लाहको योजना (सजाय) बाट सुरक्षित रहँदैन।
- गल्ती गर्नेहरूलाई सजाय दिनुको सट्टा, अल्लाहले उनीहरूलाई पश्चात्ताप गर्नको लागि मौका दिनुहुन्छ र यदि उनीहरूले पश्चात्ताप गरेनन् भने उनीहरूको सजाय बढाइन्छ ।
- मानव समुदायहरू माथी अल्लाहको सजाय र प्रकोप आईपर्नुका कारणहरू मध्ये एक अत्याचार हो।
- जब अल्लाहले कुनै सहरलाई नष्ट गर्नुहुन्छ, त्यहाँ केही धर्मी मानिसहरू हुन सक्छन् । यस्ता धर्मी मानिसहरू कयामतको दिन आफुले गरेको राम्रो कर्महरू सहित उठाइनेछन् र उनीहरूलाई अरूसंगै सामुहिक यातना सहनु परेको घटनाबाट त्यस पश्चातको जीवनमा कुनै हानि हुनेछैन ।