- यो हदीसलाई अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट वर्णन गर्नुभएको छ, जसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । अर्थात यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर, यसमा कुरआनका विशेषताहरू पाइँदैन, जस्तै: यसको पठनको लागि तहारत (शुद्धि) प्राप्त गर्नु आदि ।
- मानिसले जे पनि ज्ञान र मार्गदर्शन प्राप्त गर्दछ, त्यो अल्लाहको कृपाले प्राप्त हुन्छ।
- मानिसले पाउने भलाई त्यो अल्लाहको कृपाले हो र उसले पाउने खराबी र अप्रिय त्यो उसको आत्मा र इच्छाले हो ।
- जसले राम्रो काम गर्यो, उसले अल्लाहको सहायताले गरेको हो र उसको इनाम वास्तवमा अल्लाहको कृपा र अनुग्रह हो, त्यसैले सबै प्रशंसा अल्लाहको लागि हो । जसले नराम्रो काम गरेको छ, उसले आफूलाई मात्र श्राप्छ ।