/ अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा लिनुहुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा समात्नुहुनेछ र त्यसपछि भन्नुहुनेछ: म अल- मलिक (राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?...

अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा लिनुहुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा समात्नुहुनेछ र त्यसपछि भन्नुहुनेछ: म अल- मलिक (राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?...

अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा लिनुहुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा समात्नुहुनेछ र त्यसपछि भन्नुहुनेछ: म अल- मलिक (राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?"
मुत्तफकुन अलैहि

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले कयामतको दिन पृथ्वीलाई आफ्नो मुट्ठीमा जम्मा गर्नुहुनेछ र आकाशलाई आफ्नो दाहिने हातमा तलमाथि गरी बेर्नुहुनेछ र यसलाई नष्ट गरेपछि भन्नुहुनेछ: म नै राजा हुँ! पृथ्वीका राजाहरू कहाँ छन्?!

Hadeeth benefits

  1. अल्लाहको राज्य रहिरहनेछ र अरूको राज्य समाप्त हुनेछ भन्ने घोषणा ।
  2. अल्लाहको महिमा, उहाँको महान शक्ति, अधिकार र उहाँको राज्यको पूर्णता ।