- मुनकर (गल्ती) देख्दा ढिलासुस्ती नगरी निन्दा गर्नु पर्छ, तर जब यसले ठूलो समस्या निम्ताउने डर छ भने त्यसो गर्नु हुँदैन ।
- न्यायको दिन पापको गम्भीरता अनुसार दण्ड फरक-फरक हुनेछ ।
- जीवित प्राणीको चित्र बनाउनु वा राख्नु ठूलो पाप हो ।
- तस्वीर खिच्ने प्रतिबन्धको एउटा कारण भनेको तस्बिर मार्फत अल्लाहको सृष्टि कार्यमा तुलना गर्नु हो, चाहे त्यो चित्रकारको नियत होस् वा नहोस् ।
- शरियतले निषेधित कुरालाई बेवास्ता गरेर त्यसमा खर्च हुने पैसा जोगाउन प्रेरित गर्दछ ।
- जीवित प्राणीहरूको तस्वीरहरू निर्माण गर्न निषेध गरिएको छ, चाहे त्यो जुनसुकै रूपमा र पेशागत भए पनि ।