- जबसम्म पश्चात्तापको ढोका खुला हुन्छ, तौबा स्वीकार गर्ने प्रक्रिया जारी रहन्छ अनि सूर्य पश्चिमबाट उदाएपछि पश्चात्तापको ढोका बन्द हुनेछ । साथै, रूह (आत्मा) हलकुम (घाँटी) मा पुग्दा यसको ढोका बन्द हुन्छ, त्यसैले मानिसले यो भन्दा अघि पश्चात्ताप गर्नुपर्छ ।
- पापको कारणले निराश हुनुहुँदैन । किनभने अल्लाहको क्षमा र कृपा अति विशाल छ र पश्चात्तापको ढोका खुला छ ।
- पश्चात्तापका लागि शर्तहरू: पहिलो: पाप त्याग्नु, दोस्रो: पाप गरेपछि पछुताउनु र तेस्रो: फेरि पाप नगर्ने संकल्प गर्नु । यो यदि सर्वशक्तिमान ईश्वरको अधिकारसँग सम्बन्धित छ भने, तर जनताको अधिकारसँग सम्बन्धित छ भने त्यो अधिकार मालिकलाई फिर्ता गर्नुपर्छ वा अधिकारको मालिकले माफी दिनु पर्छ ।