- अल्लाहको अपार कृपा, क्षमा र अनुग्रह ।
- तौहीद (एकेश्वरवाद) को सद्गुण र एकेश्वरवादीहरूबाट केही पाप भएको छ भने अल्लाहले क्षमा गर्नुहुन्छ ।
- शिर्क (बहुदेववाद) को खतरा र अल्लाहले बहुदेववादीहरूलाई माफ गर्नुहुन्न ।
- इब्न रजबले भने: पाप पखाल्ने तीनवटा कारणहरू यस हदीसमा उल्लेख गरिएका छन्: पहिलो: आशाका साथ दुआ गर्नु, दोस्रो: क्षमा माग्नु र पश्चात्ताप गर्नु, तेस्रो: एकेश्वरवादको अवस्थामा मृत्यु हुनु ।
- यो हदीसलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट वर्णन गर्नुभएको छ, जसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर, कुरआनका विशेषताहरू यसमा पाइँदैन, जस्तै: यसको तिलावत गर्नु, यसको लागि तहरात प्राप्त गर्नु, उपासना र चमत्कार आदि ।
- पाप तीन प्रकारका हुन्छन्: पहिलो: अल्लाहसँग शिर्क गर्नु; अल्लाहले शिर्कलाई कदापी माफ गर्नुहुन्न । अल्लाहले भन्नुभएको छ : {वास्तवमा, जसले अल्लाहसँग शिर्क (साझेदार) गर्दछ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुभएको छ । दोस्रो: सामान्य पापहरू जुन दासले आफ्नो पालनकर्ताको अवज्ञा गर्छ; अल्लाहले चाहनुभयो भने क्षमा गर्नुहुन्छ । तेस्रो: एकले अर्कामाथि अन्याय गर्नु, यसमा अल्लाहले केही गर्नुहुन्न, त्यसैले किसास (ज्यानको बदला ज्यान) (वा माफी) आवश्यक छ ।