- इस्लामको सद्गुण र महानता; किनभने इस्लामले विगतका सबै पापहरू मेटाउँछ ।
- अल्लाहको आफ्ना सेवकप्रति अपार कृपा, व्यापक दया र क्षमा ।
- शिर्क, अनाहक हत्या र व्यभिचार निषेध गरिएको छ र यी अपराधहरूमा संलग्न हुनेहरूका लागि धेरै कडा चेतावनी छ ।
- साँचो र निष्कपट पश्चात्ताप र त्यसपछि पुण्य कर्महरूले अल्लाहप्रति कुफ्र (अविश्वास) सहित सबै पापहरू मेटाउँछ ।
- अल्लाहको दया र कृपाबाट निराश हुनु हराम हो ।