- सेवकहरूमाथि अल्लाहको अपार कृपा, मानिसले जुनसुकै पाप गरे पनि यदि उसले पश्चात्ताप गर्छ र उहाँतिर फर्कन्छ भने, अल्लाहले उसको पश्चात्ताप स्वीकार गर्नुहुन्छ ।
- अल्लाहमा विश्वास गर्ने व्यक्ति उहाँको क्षमाको आशा गर्दछ र उहाँको सजायबाट डराउँछ, त्यसैले उसले तुरुन्तै पश्चात्ताप गर्छ र पापमा लिप्त हुँदैन ।
- साँचो पश्चात्तापका लागि शर्तहरू: पापलाई त्याग्नु, पापप्रति लज्जित हुनु र आइन्दा नगर्ने दृढ संकल्प गर्नु । यदि पश्चात्ताप कुनै व्यक्तिको हकअधिकारसँग सम्बन्धित छ जस्तै उसले कसैको सम्पत्ति हडपेको छ वा उसलाई मारेको छ वा उसलाई बेइज्जत गरेको छ भने चौथो शर्त थपिन्छ; त्यो शर्त हकदार व्यक्तिलाई उसको हक फिर्ता गर्ने वा क्षतिपूर्ति दिने वा ऊ बाट माफी माग्नुपर्ने हो ।
- अल्लाहको (विशेषताहरूको)ज्ञान हुनुको महत्त्व, जसले भक्तलाई धार्मिक मामिलाबारे सचेत गराउँछ, फलस्वरूप भक्तले प्रत्येक पटक गल्ती गर्दा पश्चात्ताप गर्छ । न त अल्लाहको दयाबाट निराश हुन्छ न त पापमा लिप्त हुन्छ ।