“मेरो सहाबा (साथी) हरूलाई गालीगलौज नगर । यदि तिमीहरूमध्ये कसैले उहुद पर्वत बराबर सुन खर्च गरे पनि उनीहरुले एक वा आधा मुद खर्च गरे जस्तो पुण्य प्राप्त गर्न सक्नेछैन ।”...
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “मेरो सहाबा (साथी) हरूलाई गालीगलौज नगर । यदि तिमीहरूमध्ये कसैले उहुद पर्वत बराबर सुन खर्च गरे पनि उनीहरुले एक वा आधा मुद खर्च गरे जस्तो पुण्य प्राप्त गर्न सक्नेछैन ।”
मुत्तफकुन अलैहि
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबा (उन्का साथी) हरूलाई, विशेष गरी मुहाजरीन (प्रवासी) र अन्सारका प्रथम इस्लाम ल्याउनेहरूलाई गाली गर्न र श्राप दिन निषेध गर्नुभएको छ । यदि कसैले उहुद पर्वत बराबर सुन खर्च गरे पनि एक सहाबीले एक मुद वा त्यसको आधा खर्च गरे जस्तो पुण्य प्राप्त गर्न सक्नेछैन भनेर उहाँले सुचित गर्नुभएको छ । औसत व्यक्तिको दुवै हत्केलामा अटाउने जति परिमाणलाई एक मुद भनिन्छ । यो तिनीहरूको इख्लास, मनसायको इमानदारी र मक्काको विजय हुनु अघि अत्यन्त आवश्यक रहेको बेला खर्च र लडाईमा अग्रगामीले गर्दा हो ।
Hadeeth benefits
सहाबा (पैगम्बरका साथी) हरूलाई गाली गर्नु र श्राप दिनु निषेधित र ठूलो पाप हो ।
Share
Use the QR code to easily share the message of Islam with others