हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ ,...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ , र भन्नुहुन्छ: 'कसले मलाई पुकार्छ ताकि म उसको पुकार सुनेर जवाफ दिउँ? कसले मसँग माग्छ ताकि म उसलाई दिन सकूँ? कसले म सँग माफी माग्छ ताकि म उसलाई माफ गरूँ?'"
मुत्तफकुन अलैहि
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, अल्लाह प्रत्येक रात, जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा झर्नुहुन्छ र आफ्ना सेवकहरूलाई प्रार्थना गर्न प्रोत्साहित गर्नुहुन्छ, किनकि उहाँले प्रार्थना गर्नेहरूको प्रार्थना स्विकार गर्नुहुन्छ । उहाँले तिनीहरूलाई माग्न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले माग्नेहरूको इच्छालाई पुरा गर्नुहुन्छ । उहाँले आफ्ना विश्वासी सेवकहरूलाई क्षमा माग्न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले क्षमा दिनुहुन्छ ।
Hadeeth benefits
रातको अन्तिम तिहाई भाग र यसमा दुआ (प्रार्थना) गर्ने, बिन्ती गर्ने र माफी माग्नुको सद्गुण ।
यो हदीस सुने पछि, मानवले दुआ (प्रार्थना) स्वीकृत हुने समयको पूरा फाइदा लिन सक्दो प्रयास गर्नुपर्छ ।
Share
Use the QR code to easily share the message of Islam with others