- हदस अस्गर (सानो अपवित्रता) लाई हटाउन वुजू गर्दा मोजामा मसह गर्नु इजाजत छ, तर हदस अक्बर (ठूलो अपवित्रता) मा नुहाउने क्रममा खुट्टा धुनु पर्छ।
- 'मसह' भनेको भिजेको हातले मोजामाथिको भाग एक पटक घस्नुपर्छ, तल्लो भागमा होइन ।
- मोजामाथि मसह गर्ने (घस्ने) केही शर्तहरू : खुट्टा धोएर पूर्ण रूपमा वुजू गरेपछि मोजा लगाएको हुनुपर्छ । मोजा पाक (शुद्ध) हुनुपर्छ । मोजाले खुट्टाको धुनु पर्ने भागलाई छोपेको हुनुपर्छ । हदस अस्गर (सानो अपवित्रता) मा मसह गर्न इजाजत छ, तर हदस अक्बर (ठूलो अपवित्रता) वा जनाबत (नुहाउनै पर्ने अवस्था) मा छैन । शरियतले तोकेको समय भित्र गर्नुपर्छ । मुकीम (निवासी) ले एक दिन-एक रातसम्म र मुसाफिर (यात्री) ले तीन दिन-तीन रातसम्म मसह गर्न इजाजत छ ।
- "खुफ" अर्थात् छालाको मोजामाथि अन्य सामग्रीबाट बनेका मोजाहरूलाई कियास गरिनेछ र खुफ झैं त्यसमाथि पनि मसह गर्नु जायज छ ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उच्च आचरण र तालिम दिने उत्कृष्ट तरिका; उहाँले मुगिरा (रजियल्लाहु अन्हु) लाई मोजा नफुकाल्न र मैले वुजूको अवस्थामा मोजा लगाएको थिएँ भनेर कारण पनि खुलाई दिनुभयो, ताकि उनी सन्तुष्ट होउन् र यसको हुकुम पनि थाहा होस् ।