- दुबै हात उठाउनु भनेको नमाजको शोभा र अल्लाहको महिमा हो ।
- नमाज पढ्दा चौथो स्थानमा पनि हात उठाउनु नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छ । तीन र चार रकात भएको नमाजमा पहिलो तशाहुदपछि तेस्रो रकातको लागि खडा हुने समयमा र यसको प्रमाण सुनन अबू दाउद आदिमा अबू हुमैद साईदीको हदीसमा उल्लेख छ ।
- नबी सल्लल्लाहु अलैहि वसल्लमबाट यो पनि प्रमाणित भएको छ कि उहाँले आफ्नो हातहरू कानसम्म नछोईकन उठाउनुहुन्थ्यो, जसरी सहीह बुखारी र मुस्लिममा मालिक बिन हुवैरिसको वर्णनमा आएको छ: ‘नबी सल्लल्लाहु अलैहि वसल्लमले जब तकबीर पढ्नुहुन्थ्यो, तब आफ्नो हातहरू कानसम्म उठाउनुहुन्थ्यो।'"
- इमाम र मुन्फरिद (एक्लै नमाज पढ्ने) ले “समिअल्लाहु लिमन हमिदह, रब्बना व लकल-हम्द” दुबै भन्नेछन् । मुक्तदी (इमामको नमाज पढ्ने) ले "रब्बना व लकल-हम्द" मात्र भन्नेछ ।
- रूकुबाट उठेपछि “रब्बना व लकल-हम्द” भन्ने चारवटा तरिका (शब्भद) हरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छन् । ती मध्ये एक यो हो र कहिले यो शब्द र कहिले अर्को पढेर सबै तरिकाहरूमाथि अमल गर्नु राम्रो हो ।