- फज्र र अस्रको नमाजलाई संरक्षण गर्ने सद्गुण; किनकि बिहानको नमाजको समयमा निद्रा मिठो हुन्छ र अस्रको समयमा मानिस आफ्नो काममा व्यस्त हुन्छ । त्यसैले जसले यी नमाजहरूलाई हिफाजत गर्छ उसले बाँकी नमाजहरूलाई झन् पावन्दीका सथा अदा गर्छ ।
- फज्र र अस्रको नमाजलाई 'बरदैन' (शीतल) भनिन्छ; किनभने बिहानको नमाजमा रातको शीतलता हुन्छ र दिउँसोको नमाजमा दिनको शीतलता हुन्छ, चाहे यो अलि तातो समयमा भए पनि अघिको समय भन्दा हल्का हुन्छ । वा यसको नामकरण प्रभुत्वले गर्दा गरिएको हो, जस्तै सूर्य र चन्द्रमालाई 'कमरान' दुई चन्द्रमा भनिन्छ ।