- मुस्लिमलाई रातको अन्तिम प्रहरमा अल्लाहको जिक्र (सम्झना र स्तुति) गर्न प्रोत्साहन ।
- जिक्र (सम्झना र स्तुति), दुआ (प्रार्थना) र नमाजका लागि एक समय अर्को समय भन्दा फरक हुन्छ ।
- मीरक (शाह अल- हनफी) ले भने: यस हदीसमा भनिएको छ : "अल्लाह आफ्नो भक्तदेखि रातको अन्तिम प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ ।" जबकि अर्को हदीसमा छ : "भक्त सजदा गर्दा आफ्नो परमेश्वर (अल्लाह) को सबैभन्दा धेरै नजिक हुन्छ" । यसको जवाफ के छ भने यस हदीसमा समयलाई संकेत गरिएको हो, जुन मध्यरात हो जबकि अर्को हदीसमा अवस्थालाई संकेत गरिएको हो, जुन सजदाको अवस्थामा हो ।