- यस हदीसमा पाँच प्रकारको वर्णन भएको छ: सुन, चाँदी, गहुँ, जौ र खजूर । यदि किनबेचमा एकै प्रकारका बस्तु छन् भने सही हुनका लागि दुई शर्तहरू अनिवार्य छन् । एक त कुरा भएको ठाउँमा नै दुवै जनाले सामान हातमा पाऊन् र अर्को दुवैतिर वजन बराबर हुनु पर्छ । यदि यस्तो भएन भने यसका थप भएर ब्याजको रूप आउन सक्छ । यदि किनबेचको प्रजाती फरक फरक भए किनमेल सही हुनका निमित्त एउटा शर्त मात्र हुनेछ, कि एकै उक्त बैठकमा नै मालमा कब्जा भएको होस् । यदि यो शर्त पूरा भएन भने "रिबा नसियह" हुन जान्छ ।
- कुरा भएको बैठक भनेको किनबेचको स्थान हो । यसले कुनै फरक पर्दैन कि दुवै बसेका छन् वा हिँडि रहेका छन् । यसरी नै छुट्टिनु भनेको जसलाई सबैले अलग हुन् भनेका छन।
- यो मनाहीमा हरेक प्रकारको सुनको मनाही समावेश हुन्छ चाहे खारेको सुन होस् वा नखारेको । यसरी नै हरेक प्रकारको चाँदी पनि, चाहे गालेको होस् वा नगालेको ।
- आजभोलिका करनसी (मुद्रा)लाई परस्पर साँट्दाखेरि यो कुराको ख्याल राख्नु पर्ने हुन्छ जो चाँदीलाई सुनका साथमा बदलिँदा राख्नु पर्ने हुन्छ । अर्थात्: दुवै तर्फका मानिसहरूले आपसको राजीखुसीमा कमीबेसी भए फरक पर्दैन । तर किनबेचको मज्लिसमा दुवै तर्फ कब्जा हुनु जरुरी हुन्छ । यदि यस्तो भएन भने ब्याज हुन्छ र किनबेच निष्क्रिय हुन्छ ।
- ब्याजसँग सम्बन्धित कारोबार जायज छैन, र यस्तो सम्झौता अवैध ठहरिन्छ, चाहे दुवै पक्षले सहमति नै किन नजनाऊन्। यसको कारण यो हो कि इस्लाम व्यक्तिको र समाजको हकलाई सुरक्षित राख्छ, चाहे उक्त व्यक्ति आफैंले आफ्नो हक त्याग्न तयार भए पनि।
- गलत काम भएको देखे मनाही गर्नु पर्छ र सके त रोक्नु नै पर्छ ।
- गलत काम भएकोमा मनाही गर्ने बेलामा प्रमाण पनि प्रस्तुत गर्नु पर्छ । हजरत उमरले (रजियल्लाहु अन्हु) यही गरेर देखाउनु भयो ।