Explanation
अल्लाहका नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले विभिन्न प्रकारका माल र तिनमा जकात चुक्ता नगर्ने वालाका लागि कयामतका दिन मिल्ने वाला बदलाका बारेमा बताउनु भएको छ । जस्तै :
१.सुन चाँदी र तिनको हुकुम लागु हुने अन्य माल व्यापारको मालमा यदि जकात अनिवार्य भयो र दिइएन भने कयामतका दिन तिनलाई पगालेर पत्र समान बनाइनेछ र ती पत्रहरूलाई नरकको आगोमा तताइने छ र त्यसका मालिकहरूको दाँयाबाँया र निधार एवं पिठ्यूँमा डामिनेछ । ती सेलाए भने फेरि तताएर दागिनेछ । सजायको यो सिलसिला कयामतमा दिन दिन भरि जारी रहनेछ र त्यो दिन पनि पचास हजार वर्षको हुनेछ। हुँदाहुँदा सारा सृष्टिहरू बीच फैसला समाप्त हुनेछ र यो निर्णय हुन्छ कि त्यस व्यक्तिलाई स्वर्ग जानु छ वा नरक जानु छ।
२. जो उँटको मालिक हुन्छ तर त्यसको अनिवार्य जकात र हक अदा गर्दैन—जसमा त्यसको दूध गरिबहरूलाई खुवाउनु पनि समाविष्ट छ—त्यसलाई कयामतको दिन कठोर सजाय दिइनेछ।
त्यसका उँटहरू ठूला, मोटो र आफ्नो संख्यामा बढी हुनेछन्। त्यसका मालिकलाई फराकिलो, समथर भूमिमा लडाइनेछ, जहाँ ती उँटहरूले उसलाई खुट्टाले कुल्चनेछन् र दाँतले टोकेर यातना दिनेछन्। जब पछिल्लो उँट अगाडि बढ्छ, पहिलो उँट फेरि फर्केर कुल्चनेछ।
यो अवस्था कयामतको दिनभरि रहिरहनेछ, जुन पचास हजार वर्ष बराबरको हुनेछ। अन्ततः जब अल्लाह बन्दाहरूमाझ फैसला गर्नुहुन्छ, तब ऊ या त स्वर्गतर्फ जानेछ या नर्कतर्फ।
तेस्रो: जो गाई वा भेडा-बाख्राको मालिक हुन्छ तर त्यसको अनिवार्य जकात अदा गर्दैन, त्यसलाई कयामतको दिन कठोर सजाय दिइनेछ।
त्यसका सबै जनावरहरू पूरै संख्यामा ल्याइनेछन्, कुनै पनि कमी हुने छैन। त्यसका मालिकलाई फराकिलो, समथर भूमिमा लडाइनेछ। ती जनावरहरू पूर्ण रूपमा स्वस्थ र शक्तिशाली हुनेछन्—न कुनै भाँचिएको सिङ, न सिङबिनाका, न कुनै अपांगता भएका। तिनले आफ्ना सिङले हान्नेछन् र खुट्टाले कुल्चनेछन्।
जब पछिल्लो जनावर अगाडि बढ्छ, पहिलो जनावर फेरि फर्केर उसलाई यातना दिनेछ। यो अवस्था निरन्तर रहनेछ, जबसम्म कयामतको दिनको फैसला पूरा हुँदैन। र अजाबको यही हालत कयामतको पुरा दिन रहनेछ, जसको लम्बाइ पचास हजार साल बराबर होला । यहाँ सम्म कि अल्लाह तआलाले सृष्टि बीच फैसला गरेर सक्नु हुनेछ र ऊ पनि जन्नती होला कि जहन्नमी भनेर थाहा पाउने छ ।
४.घोडा पाल्ने वाला; यसका तीन प्रकार छन् :
पहिलो: यो उसको लागि बोझ हो, त्यो मान्छेका लागि जसले घोडा देखाउन, गर्व गर्न र मुसलमान हरूसित युद्ध
गर्नका लागि पालेको हुन्छ ।
२.त्यो उसका लागि पर्दा हुन्छ, जब त्यसको मालिकले त्यसलाई अल्लाहको मार्गमा जिहादका लागि पालेको हुन्छ, त्यसलाई राम्रो व्यवहार गर्छ, दाना चाराको ख्याल राख्छ ।
३. उसका लागि पुण्य होला, जब मुसलमान हरूका निमित्त अल्लाहको मार्गमा जिहादका लागि राखेको होला, र त्यो कुनै बगैचामा वा खर्कमा हुन्छ । सो त्यो घोडाले त्यसबाट जे खान्छ, खाए अनुसार उसको मालिकका लागि पुण्य लेखिन्छ। अनि यसरी नै त्यसको मलमूत्र अनुसार उसका लागि पुण्य लेखिन्छ । यदि दाम्लो चुँडाएर कुनै एउटा वा दुइटा डाँडामा चढ्यो भने त्यसको पाइला र मलमूत्र अनुसार नेकी लेखिन्छ । यदि त्यसको मालिकले लिएर जाँदा कुनै खोलाको पानी खायो र त्यसको मालिकले नचाहेको भएपनि उसलाई त्यस अनुसारको पुण्य लेखिन्छ ।
फेरि उहाँ(सल्लल्लाहु अलैहि वसल्लम)सित गधाका बारेमा सोधियो, के यो घोडा जस्तै हो?
भन्नु भयो: यसको बारेमा शरीअतमा कुनै आदेश उत्रेको छैन । यो सानो उदाहरणको आयत बाहेक, जो हरेक प्रकारको आज्ञा र अवज्ञाका बारेमा व्यापक छ । यो अल्लाह तआलाको कथन:{जसले कण बराबर पनि कुनै पुण्य गरेको भए पनि त्यसलाई देख्ने छ र जसले कण बराबर पनि कुनै गलत काम गरेको रहेछ भने पनि त्यसलाई देख्ने छ । }[ सुरह अल-जलजलाह: 8 ] सो जसले गधा पाल्नमा आज्ञापालनको नियत राखेको होला त्यसले त्यसको पुण्य पाउनेछ । यदि कसैले अवज्ञाको नियतले पालेको छ भने त्यसको सजाय पनि देख्ला । यस्तै हरेक प्रकारका कर्महरूमा हुनेछ ।