/ जब मानिसको मृत्यु हुन्छ, उसका सबै कर्महरू बन्द हुन्छन्, सिवाय तीन चीजका: निरन्तर चलिरहने दान, ज्ञान जसबाट लाभ उठाइन्छ, र आस्थावान सन्तान जसले उसको लागि प्रार्थना गर्छ।...

जब मानिसको मृत्यु हुन्छ, उसका सबै कर्महरू बन्द हुन्छन्, सिवाय तीन चीजका: निरन्तर चलिरहने दान, ज्ञान जसबाट लाभ उठाइन्छ, र आस्थावान सन्तान जसले उसको लागि प्रार्थना गर्छ।...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जब मानिसको मृत्यु हुन्छ, उसका सबै कर्महरू बन्द हुन्छन्, सिवाय तीन चीजका: निरन्तर चलिरहने दान, ज्ञान जसबाट लाभ उठाइन्छ, र आस्थावान सन्तान जसले उसको लागि प्रार्थना गर्छ।"
मुस्लिमले वर्णन गरेका छन्

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मृत व्यक्तिको कर्म उसको मृत्यु संगै समाप्त हुन्छ, त्यसैले उसले मृत्युपछि यी तीन चीजहरू बाहेक अरुमा पुण्य प्राप्त गर्नेछैन; किनभने यो उसको कारणले भएको थियो: पहिलो: दान (सदका जारियह) जसको पुण्य बिना कुनै अवरोध निरन्तर प्राप्त भइरहेको हुन्छ, जस्तै: वक्फ (अल्लाहको खातिर सदाको लागि दान गरिएको), मस्जिद निर्माण, इनार खन्नु आदि । दोस्रो: ज्ञान जसले मानिसहरूलाई फाइदा पुर्‍याउँछ, जस्तै ज्ञानका पुस्तकहरू लेख्ने वा विद्यार्थीलाई सिकाउने र उसको मृत्युपछि त्यो विद्यार्थीले यो ज्ञान फैलाउँछन् । तेस्रो: एक मुमिन र धर्मी बच्चा, जसले आफ्ना आमाबाबुको लागि दुआ (प्रार्थना) गर्दछ ।

Hadeeth benefits

  1. मानिसले मृत्युपछि प्राप्त गर्ने पुण्य : सदकह जारिया (दान), लाभकारी ज्ञान र दुआ (प्रार्थना) हो भन्ने कुरामा विद्वानहरूको सर्वसम्मत रहेको छ । अन्य हदीसहरूमा : हज पनि उल्लेख गरिएको छ ।
  2. यस हदीसमा तीनकुराहरु उल्लेख गरिएको छ; किनभने यी कुराहरू भलाइका आधारहरू हुन् र धेरैजसो असल मानिसहरूको चाहना हुन् ।
  3. यसमा हरेक उपयोगी ज्ञानहरू समावेश छन्, तर यसको शीर्ष र शिखरमा शरियतको ज्ञान र यसलाई समर्थन गर्ने ज्ञानहरू छन् ।
  4. यी तीनमध्ये ज्ञान सबैभन्दा लाभदायक छ; किनभने ज्ञानले सिक्ने व्यक्तिलाई फाइदा पुर्‍याउँछ, यसमा शरियतको संरक्षण समावेश छ, यसले आम जनतालाई फाइदा पुर्‍याउँछ र यो अझ व्यापक र सामान्य छ, किनभने यसले जीवित हुँदा र मृत्युपछि दुवै अवस्थामा फाइदा पुर्‍याउँछ ।
  5. आफ्नो सन्तानलाई आस्थावान बनाउन प्रोत्साहन; किनभने तिनीहरूले आफ्नो आमाबुवालाई पछिको जीवनमा फाइदा पुर्‍याउने छन्, जस्तैः उनीहरुको लागि दुआ (प्रार्थना) गर्नु ।
  6. आमाबुवाको मृत्युपछि उनीहरूसँग राम्रो व्यवहार गर्ने प्रोत्साहन र यो पनि एक प्रकारको पुण्य हो जसबाट बच्चा लाभान्वित हुन्छ ।
  7. सन्तान बाहेक अरूले पनि दुआ गर्छ भने मृतकलाई फाइदा गर्छ, तर सन्तानलाई किन उल्लेख गरिएको छ भने ऊ आफैं मृत्यु नहुन्जेल आमाबुवाको लागि दुआ गरिरहेको हुन्छ ।