- अल्लाह तआला आफ्नो अस्तित्व, आफ्ना गुणहरू र आफ्ना कामहरू एवं रूपले आदेशहरूमा पूर्ण हुनु हुन्छ ।
- केवल अल्लाहको प्रशन्नता र उहाँका नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनु भएको तरिका अनुसार कर्महरू गर्ने आदेश ,
- यस्ता कारक तत्त्वहरू अपनाउनु जसले कर्महरू गर्नमा हौसला प्रदान गर्दछ। यसको प्रमाण नबी(सल्लल्लाहु अलैहि वसल्लम)को यो कथन हो :
- "إِنَّ الله أَمَرَ المُؤمنينَ بِمَا أَمَرَ بِهِ المُرسَلِيْنَ"
- अर्थात;" वास्तवमा अल्लाह तआलाले इमान वालाहरूलाई पनि त्यही कुराको आदेश दिनु भएको छ जो कुराको आदेश उहाँले रसूलहरूलाई दिनु भएको छ । " जब इमान वालालाई यो कुरा थाहा हुन्छ कि जो काम उसलाई गर्नका लागि भनिएको छ त्यही काम रसूल (सन्देष्टा) हरूलाई पनि गर्नका लागि भनिएको थियो , भने उसभित्र रसूल (सन्देष्टा) हरूको पदचिन्ह पछ्याउँदै कर्म गर्ने भावना पैदा हुन्छ ।
- दुआ कबूल हुनबाट रोक्ने कुराहरूमध्ये एउटा हराम( अवैध/अपवित्र) चीज खानु हो ।
- दुआ कबुल हुने पाँच चिजहरू छन् । पहिलो: लामो यात्रा गर्नु, किन कि यसमा नम्रता आउँछ जो कबूल हुने ठूलो कारण मध्ये हो । दोस्रो : व्याकुलता । तेस्रो: दुवै हातहरू आकाश तर्फ उठाउनु । चौथो : अल्लाहको पालनकर्ता हुनु हुन्छ भन्ने नामलाई बारम्बार दोह्र्याएर माग्नमा लीन हुनु । दुआ कबुल हुनका लागि यो कुरा सबै भन्दा बढी माग भएको छ । पाँचौ: पवित्र खानु र पिउनु ।
- हलाल खानु भनेको सत्कर्महरू गर्नका लागि सहयोगी हुने कारक हो ।
- काजी (रहिमहुल्लाह) भन्नु हुन्छ: चोखो भनेको फोहोरको विपरीत हो । जब अल्लाह तआलाले यसको खुबी बताउनु भयो भने यो खोटबाट र समस्याहरूबाट बचेको हुनु पर्छ र यदि यो खुबीलाई भक्तका साथ जोडिएको खण्डमा खराब गुण र घिनलाग्दा कामहरूबाट बचेको र त्यसको विपरीत गुणहरूको साथ सजिएको हुनु पर्छ, र यदि यसलाई धनसँग सम्बन्धित रूपमा वर्णन गरिएको छ भने यसले (हलाल) चोखो धन जनाउँछ। "