- मानिसको हातमा रहेको धन वास्तवमा अल्लाहको धन हो । अल्लाहले मानिसहरूलाई यस सम्पत्तिको उत्तराधिकारी बनाउनु भएको छ, ताकि तिनीहरूले यसलाई सही तरिकामा प्रयोग गरुन् र यसको दुरुपयोगबाट बच्न सकून् । यसमा शासक र आम जनता सबै समेटिएको छ ।
- शरियतले सार्वजनिक कोषको सम्बन्धमा धेरै कठोर दृष्टिकोण अपनाएको छ । सार्वजनिक कोषको हेरचाह गर्ने जिम्मेवारी दिइएको व्यक्तिले न्यायको दिन पैसा संकलन र खर्चको हिसाब दिनुपर्नेछ ।
- यस चेतावनीमा सम्पत्तिको दुरुपयोग गर्ने प्रत्येक व्यक्ति समावेश छन्, चाहे त्यो सम्पत्ति उसको आफ्नै होस् वा अरू कसैको होस् ।