- रोजाको सदगुण भनेको यसलोकमा रोजादारलाई कामवासनाबाट रोक्छ भने परलोकमा नरकबाट जोगाउने छ ।
- रोजाको नियम मध्ये अश्लील र व्यर्थ कुरा छोड्नु र मान्छेहरूले सताएमा धैर्य गर्नु र सहेर अनुग्रहद्वारा उनीहरूको सामना गर्नु हो ।
- रोजादार वा उपासक यदि आफ्नो उपासना पुरा भएको र सकिएकोमा खुसी भयो भने यसका कारण परलोकमा उसको सवाब( प्रतिफल) कमी हुँदैन ।
- पुरा खुशी भनेको अल्लाह ﷻसित भेट हो जब धैर्य गर्ने वाला र रोजादार( व्रत बस्ने वाला)हरूलाई नगनिकन उन्को प्रर्तिफल दिइने छ ।
- मान्छेहरूले आवश्यकता र बताउन पर्ने अवस्थामा - अनुपालनको खबर दिनु (इन्नी साइमुन) का अनुसार देखावट र आडम्बर होइन ।
- पुरा रोजादार( उपवास वाला) त्यो हो जसका अङ्गहरू पापहरूबाट रोजा राखेका( बचेका) हुन्छन् र मुख अश्लील बोल्नबाट र झुट बोल्नबाट र पेट खान पिउनबाट रोजा राखेको हुन्छ ।
- रोजा राखेको बेलामा चिल्लाउन र झगडा गर्नबाट रोकिने महत्व,जब कि रोजा नभएको बेलामा पनि यो कुराबाट रोकिएको छ ।
- यो हदीस जसलाई नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले आफ्नो पालनकर्तासित वर्णन गरेर भन्नु भएको छ यसलाई " हदीसे कुद्सी वा हदीसे इलाही" भनिन्छ । यो भनेको यसका शब्द र अर्थ दुवै अल्लाहको तर्फबाट हो । तर यसमा तिन विशेषताहरू समावेश छैनन् जसले क़ुरआनलाई अरू सबैभन्दा विशिष्ट बनाएको छ, जस्तै: यसको पाठ (तिलावत) द्वारा उपासनाको विशेषता, पवित्रताको आवश्यकता, चुनौती प्रस्तुत गर्न सक्ने योग्यता, र यसको अलौकिक चमत्कार (इ'जाज), साथै अन्य विशिष्टताहरू।