अबू अय्यूब अल अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै पनि मुस्लिमले आफ्नो भाइसँग तीन दिन भन्दा बढी बोलचाल बन्द गर्न र एकअर्कालाई भेट्दा सलाम नगर्ने व्यवहार निषेध गर्...
सहल बिन साअ्द (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, म...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुइटा कुराहरू बताउनुभएको छ, जसको पालना गर्ने व्यक्ति स्वर्गमा प्रवेश गर्नेछ । १- अल्लाहलाई क्रोधित गर्ने बोली वचन...
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, (उनी १२ वटा युद्धमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए) उनले भने : मैले रसूल (सल्लल्ल...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चारवटा कुरालाई निषेध गर्नुभयो: १) महिलालाई पति वा महरम बिना एक्लै दुई दिनको दुरीको यात्रा गर्न निषेध गरिएको छ । म...
उसामा बिन जैद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मैले आफ्नो पश्चात पुरुषहरूका लागि महिलाहरू भन्दा...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, उहाँले आफ्नो पछि पुरुषको लागि महिला भन्दा बढी हानिकारक कुनै पनि परीक्षा र प्रलोभन छोड्नु भएको छैन । यदि...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, उहाँले भन्नुभयो: "तिमीहरूमध्ये जोसँग विवाह गर्...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सम्भोग गर्न र विवाहको आवश्यकता (गाँसबास र कपास) हरू पुरा गर्न सक्षम व्यक्तिलाई निकाह (विवाह) गर्न प्रोत्साहन गर्नुभएक...

अबू अय्यूब अल अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।"

सहल बिन साअ्द (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।"

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, (उनी १२ वटा युद्धमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए) उनले भने : मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट चारवटा कुरा सुनेको छु, जुन मलाई धेरै मन पर्छ, उहाँले भन्नुभयो : "एउटा महिलाले आफ्नो श्रीमान् वा महरम (नातेदार जससँग विवाह गर्न सक्दैन) साथमा नभएसम्म दुई दिनको यात्रा गर्नु हुँदैन । दुई दिन : ईदुल-फित्र र ईदुल अजहाको दिनमा रोजा हुँदैन । बिहानको नमाजपछि सूर्योदयसम्म र असरको नमाजपछि सूर्यास्तसम्म कुनै नमाज छैन । केवल तीन मस्जिद; मस्जिद अल-हरम, मस्जिद अल-अक्सा र मेरो यो मस्जिद बाहेक यात्रा गर्न अनुमति छैन ।"

उसामा बिन जैद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मैले आफ्नो पश्चात पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।"

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, उहाँले भन्नुभयो: "तिमीहरूमध्ये जोसँग विवाह गर्ने शक्ति छ, उसले विवाह गरोस्, किनभने यसले नजरलाई तल र गुप्ताङ्गको रक्षा गर्नेछ र जसले त्यसो गर्न सक्दैन, उसले व्रत बसोस्, किनभने व्रतले यौन इच्छालाई कमजोर गर्छ ।"

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निस्सन्देह संसार मीठो र रमणीय छ । अल्लाहले तपाईंलाई यसमा एकपछि अर्को गर्दै पठाउनुहुने छ र तपाईंले कसरी व्यवहार गर्नुहुन्छ भनेर हेर्न चाहनुहुन्छ । तसर्थ, संसार (को लोभ) बाट टाढा रहनुहोस् र नारीहरूबाट सचेत रहनुहोस् । किनकि बनु-इस्राइलको पहिलो परीक्षा महिला प्रलोभन थियो ।

मुआविया अल-कुशैरी (रजियल्लाहु अन्हुमा)ले भन्नुभएको छ: मैले भने: हे अल्लाहका रसूल, हाम्रो पत्नीको हामी माथि हक के हो? उहाँले भने: " जब तिमी खान्छौ, उसलाई पनि खुवाउँ, जब तिमी कपडा लगाउँछौ वा तिमीले कमाउँछौ भने, उसलाई पनि कपडा दिइराख, अनुहारमा प्रहार नगर, गाली नगर, र घर बाहेक अरु कुनै ठाउँमा उसलाई नछोड "।

अबू सईद खुदरी (रज़ियल्लाहु अन्हु)ले वर्णन गर्नुभएको छ कि अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ईद-अल-अजहा वा ईद-अल-फित्रको दिन नमाजको स्थान (मुसल्ला) तर्फ जानुभयो। यस क्रममा जब उहाँ महिलाहरूको नजिक पुग्नुभयो, तब उहाँले भन्नुभयो: "हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे अल्लाहका रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।" महिलाहरूले भने: "हाम्रो धर्म र बुद्धिमा के कमी छ?" उनले भने: "के महिलाको गवाही पुरुषको गवाहीको आधा हुँदैन?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यो उसको बुद्धिको कमी हो।" अनि "के जब ऊ महिनावारीमा हुन्छे, तब ऊ न नमाज पढ्छे न रोजा राख्छे?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यसो भए, त्यो उसको धर्मको कमी हो।"

हजरत उक्बा बिन आमिर (रजियल्लाहु अन्हुमा)द्वारा वर्णन छ कि अल्लाहका रसूल(सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो : "महिलाहरूको घरमा जानबाट जोगिनुहोस्।" एक अन्सारी व्यक्तिले सोधे, "अल्लाहका रसूल, के तपाई महिलाका पतिका आफन्तको बारेमा यही भन्नुहुन्छ?" नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले उत्तर दिनुभयो, "महिलाका पतिका आफन्त भनेको मृत्यु हो।"

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।"

उम्मुल-मुमिनीन (आस्थावानहरूकि आमा) आइशा (रजियल्लाहु अन्हा)ले बयान गरेकि छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "कुनै पनि महिलाले आफ्ना वली (अभिभावकहरू)को अनुमति बिना विवाह गरेमा, उनको विवाह अवैध हुन्छ" (यो कुरा तीन पटक भन्नुभयो)। "तर यदि पुरुषले विवाहको नाममा उसलाई स्पर्श गरिसकेको छ भने, उसले महिलालाई महर (श्रीमानले श्रीमतीलाई दिने दाइजो) दिनुपर्छ किनभने उसले उसबाट लाभ उठाएको छ। र यदि विवाद हुन्छ भने, जसको कुनै अभिभावक छैन, त्यसका लागि शासक अभिभावक हुन्छ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु)ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ : जो कोही आफ्नी श्रीमतीसँग पछाडिको मार्गबाट सम्बन्ध राख्छ, उसलाई श्राप दिइएको छ।