/ जो कोही आफ्नी श्रीमतीसँग पछाडिको मार्गबाट सम्बन्ध राख्छ, उसलाई श्राप दिइएको छ।

जो कोही आफ्नी श्रीमतीसँग पछाडिको मार्गबाट सम्बन्ध राख्छ, उसलाई श्राप दिइएको छ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु)ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ : जो कोही आफ्नी श्रीमतीसँग पछाडिको मार्गबाट सम्बन्ध राख्छ, उसलाई श्राप दिइएको छ।
अबू दाउदले र निसाईले सुनन कुब्रामा तथा अहमदले वर्णन गरेका छन्

Explanation

नबी सल्लल्लाहु अलैहि वसल्लमले चेतावनी दिनुहुन्छ कि श्रीमान्ले आफ्नी श्रीमतीसँग पछाडिको मार्गबाट सम्बन्ध राख्न नहुने हो। यो कार्य अल्लाहको दयाबाट वञ्चित हुने श्रापित कार्य हो र यो ठूला पापहरूमध्ये एक हो।

Hadeeth benefits

  1. महिलाहरूलाई मलद्वारमा सहवास गर्नु हराम (निषेध) छ।
  2. श्रीमतीको पछाडिको मार्ग बाहेक उनको शरीरको अन्य भागहरूबाट आनन्द लिनु अनुमति छ।
  3. मुसलमानले महिलासँग सहवास अल्लाहले निर्दिष्ट गरेअनुसार योनिद्वारबाट मात्र गर्छ।
  4. तर मलद्वारबाट सहवास गर्दा प्राकृतिक स्वभाव बिथोलिन्छ, सन्तान उत्पादनको उद्देश्य समाप्त हुन्छ, स्वस्थ स्वभावविपरीत हुन्छ, र पतिपत्नी दुवैका लागि गम्भीर हानि पुर्‍याउँछ।