/ तिमीहरूमध्ये जोसँग विवाह गर्ने शक्ति छ, उसले विवाह गरोस्, किनभने यसले नजरलाई तल र गुप्ताङ्गको रक्षा गर्नेछ र जसले त्यसो गर्न सक्दैन, उसले व्रत बसोस्, किनभने व्रतले यौन इच्छालाई कमजोर गर्छ ।...

तिमीहरूमध्ये जोसँग विवाह गर्ने शक्ति छ, उसले विवाह गरोस्, किनभने यसले नजरलाई तल र गुप्ताङ्गको रक्षा गर्नेछ र जसले त्यसो गर्न सक्दैन, उसले व्रत बसोस्, किनभने व्रतले यौन इच्छालाई कमजोर गर्छ ।...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, उहाँले भन्नुभयो: "तिमीहरूमध्ये जोसँग विवाह गर्ने शक्ति छ, उसले विवाह गरोस्, किनभने यसले नजरलाई तल र गुप्ताङ्गको रक्षा गर्नेछ र जसले त्यसो गर्न सक्दैन, उसले व्रत बसोस्, किनभने व्रतले यौन इच्छालाई कमजोर गर्छ ।"
मुत्तफकुन अलैहि

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सम्भोग गर्न र विवाहको आवश्यकता (गाँसबास र कपास) हरू पुरा गर्न सक्षम व्यक्तिलाई निकाह (विवाह) गर्न प्रोत्साहन गर्नुभएको छ; किनभने यसले दृष्टिलाई निषेधित चीजहरूबाट जोगाउँछ र अनैतिकतामा पर्नबाट गुप्ताङ्गको रक्षा गर्छ । तर जसले सम्भोग गर्न सक्षम हुँदा पनि विवाहको आवश्यकताहरू पूरा गर्न सक्दैन भने उसले व्रत बस्नुपर्दछ, किनकि यसले कामवासना र वीर्यको दुष्टता हटाउँछ ।

Hadeeth benefits

  1. इस्लाम पवित्रता र अनैतिक क्रियाकलापबाट सुरक्षा दिने साधनहरू औंल्याउन प्रोत्साहन गर्दछ।
  2. विवाह खर्च पूरा गर्न नसक्नेलाई व्रत बस्न आग्रह; किनकि यसले कामवासनालाई कमजोर बनाउँछ ।
  3. यौन चाहनासँग उपवासको सम्बन्ध के छ भने जसरी यौनसम्पर्कले अण्डकोषको नसालाई चोट पुर्‍याउँछ त्यसरी ब्रतले यौनसम्पर्कको इच्छालाई कमजोर गर्छ ।