- पराई महिलाहरूको घरमामा प्रवेश गर्न र उनीहरूसँग एकान्तमा बस्न निषेध गरिएको छ, ताकि अनैतिक कार्यको सम्भावनालाई रोक्न सकियोस्।
- यो आम आदेश हो जसमा पति का भाइ र यस्ता नातेदारहरू पनि सम्मिलित छन् जो महिलाका लागि महरम छैनन् । तर मनाहि प्रवेश एकान्तमा भएको भए मात्रै हो ।
- सामान्यतः गल्ती हुने स्थानहरूबाट टाढा रहनु, किनभने यसले बुराइमा पर्ने डर रहन्छ।
- इमाम नववी (रहिमहुल्लाह) भन्नु हुन्छ : भाषा विज्ञहरू यो कुरामा सहमत छन् कि "احماء" ( अह्माअ) भनेका पतिका नातेदार जस्तै उसको बुबा, काका,भाइ, भतिज, काकाका छोराहरू आदी हुन् भने "الأَخْتَانَ" (अख्तान) भनेका श्रीमतीका नातेदारहरू हुन् । जब कि "الأصْهارَ" ( अस्हार) शब्दमा दुवै प्रकारका नातेदारहरू पर्दछन् ।
- उहाँ(सल्लल्लाहु अलैहि वसल्लम)ले लोग्नेका नातेदारहरूलाई मृत्युसँग तुलना गर्नु भएको छ । इब्ने हजर रहिमहुल्लाह ले भन्नु भएको छ: अरबहरूले अप्रिय चीजलाई काल भन्छन्, तुलनाको कारण यो हो कि यदि पाप भयो भने धर्मको मृत्यु, यदि पापका साथसाथै रज्म(पत्थरले हिर्काउनुपर्ने) भयो भने दुवैको मृत्यु हुनु हो र यदि पाप भएको कारण श्रीमानले श्रीमतीलाई छोडि दियो भने महिलाको सर्वनाश ।