- महिलालाई महरम बिना यात्रा गर्न अनुमति छैन ।
- यात्रा गर्दा एक महिला अर्को महिलाको महरम बन्न सक्दैन; किनभने हदीसमा "पति वा उसको महरम" भनिएको छ ।
- महिलाले महरम बिना टाढा जानु जसलाई उर्फ वा चलनचल्तीमा 'सफर' यात्रा भनिन्छ निषेध गरिएको छ । यो हदीस प्रश्नकर्ताको अवस्था र उनको निवास स्थान अनुसार थियो ।
- महिलाको लागि महरम भनेको त्यो आफन्त हो जोसँग विवाह गर्न स्थायी रूपमा निषेध गरिएको छ, चाहे त्यो हाडनाताको सम्बन्ध होस्, जस्तै : बुवा, छोरा, काका, मामा वा रिजाअत (दूधको नाता) को सम्बन्ध होस्, जस्तै : दुधे-बुवा र काका वा विवाहको नाताले होस्, जस्तै : ससुरा बा (पतिको बुबा) । महरम एक वयस्क, विवेकशील र भरपर्दो मुस्लिम हुनुपर्दछ, किनभने महरमको उद्देश्य महिलाको सुरक्षा गर्नु, उनलाई जोगाउनु र उनको हेरचाह गर्नु हो ।
- इस्लामिक कानूनले महिलाहरूको ख्याल राख्छ, उनीहरूको हिफाजत र संरक्षण गर्दछ ।
- फजर र अस्रको नमाज पछि नफिल (अतिरिक्नत) नमाज पढ्न मनाही छ, तर छुटेको फर्ज र कारणवश पढ्नुपर्ने नमाज जस्तैः 'तहीयतुल-मस्जिद' (मस्जिदको अभिवादन) इत्यादि पढ्नु पर्छ ।
- सूर्योदयपछि तुरुन्तै नमाज पढ्न निषेध गरिएको छ, बरु सूर्य भाला जत्तिकै माथि गएपछि अर्थात् लगभग १० देखि १५ मिनेटपछि पढ्न सकिन्छ ।
- अस्रको समय सूर्यास्तसम्म लम्बिन्छ ।
- तीन मस्जिदहरूमा (पुण्यको भावले)यात्रा गर्न अनुमति छ ।
- तीन मस्जिदहरूको सद्गुण र अरू मस्जिदहरूको तुलनामा यसको श्रेश्ठता।
- कब्र, मजार, चिहान आदिको जियारत (भ्रमण) गर्न अनुमति छैन, यद्यपि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्र भए पनि । तर जो मदीनामा छ वा कुनै वैधानिक कामले मदीनामा छ भने उसको लागि उहाँको कब्रको जियारत गर्नु जायज छ ।