- यसबाट स्पष्ट हुन्छ कि जो व्यक्ति आफ्नो मनबाट पाप गर्न दृढ संकल्प गर्दछ र त्यसका लागि साधन प्रयोग गर्दछ, ऊ दण्डको हकदार हुन्छ।
- यस हदीसमा मुसलमानहरूलाई आपसमा लडाई [वा मारकाट] नगर्न कडा चेतावनी दिइएको छ र लडाइँ गर्नेहरूलाई नरकको सजाय हुने धम्की दिइएको छ।
- मुसलमानहरू बीचको जायज लडाइँ, जस्तै विद्रोही र भ्रष्टहरू विरुद्धको लडाइँ, यस चेतावनीमा पर्दैन।
- ठूलो पाप गर्ने व्यक्तिलाई केवल पाप गर्नाले काफिर मानिने छैन, किनकि रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले आपसमा लडाईँ गर्ने दुई व्यक्तिलाई मुस्लिम भन्नुभएको छ1।
- जब दुई मुस्लिमहरू मार्न सक्ने कुनै पनि उपकरणको साथ आमनेसामने हुन्छन् र तीमध्ये एकले अर्कोको ज्यान लिन्छ, तब हत्यारा र मारिएका दुवै नरकको भागीदार हुनेछन्। यस हदीसमा तरवारलाई उदाहरणको रूपमा मात्र प्रस्तुत गरिएको छ।