- नबी (सल्लल्लाहु अलैहि वसल्लम) सबैभन्दा राम्रो तरिकाले शिक्षाहरू दिनुहुन्थ्यो; उहाँ प्रश्नको रूपमा समस्याहरूलाई प्रस्तुत गर्नुहुन्थ्यो ।
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबाहरूको उहाँप्रति उच्च आचरण; 'अल्लाह र उहाँका रसूल राम्ररी जान्नुहुन्छ' भन्थे ।
- यदि कसैलाई कुनै कुराको बारेमा सोधियो र उसलाई थाहा छैन भने, उसले 'अल्लाहु आ'लम' अल्लाह राम्ररी जान्नुहुन्छ भन्नुपर्छ ।
- इस्लामी शरियतले मानवअधिकारको संरक्षण र भाइचारा स्थापना गरी स्वच्छ समाज निर्माण गर्ने काम गरेको छ ।
- गीबत निषेधित छ, तर केही परिस्थितिहरूमा यसलाई अनुमति दिइएको छ, जस्तैः अत्याचारबाट बच्नका लागि पीडितले संबन्धित निकायमा उत्पीडकको नाम उल्लेख गर्नुपर्छ । त्यस्तै बिहे गर्ने, साथी बन्ने र छिमेकी बन्ने लगायतका विषयमा परामर्श लिनेमा पनि ।